Loading... आजः बुधबार , चैत्र १२, २०८१

राजापुरमा पहिलोपटक खुल्यो व्यवस्थित सफा स्वच्छ मासु पसल


बर्दिया राजापुर
दशै दिपावलीको अवसर पारेर राजापुरवासी लगायत मासु खानेहरुका लागि व्यवस्थित ,सफा, स्वच्छ मासु मिलोस भन्नका लागि राजापुरमा पहिलो पटक राजापुर फ्रेस हाउस खुलेको छ ।


राजापुर फ्रेस हाउसका संचालक केदार थापाले बिगत लामो समय देखी राजापुरमा मासु प्रयोगकर्ताहरुले स्वच्छ सफा मासु नपाइरहेको गुनासोको कारण राजापुर फ्रेस हाउस खोलेको बताउनु भयो ।

 

Insert your Ads code here


बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनु भएका राजापुर फ्रेस हाउसका संचालक केदार थापाले मासु कटिङ्ग गर्दा सरसफाईमा बिशेष ध्यान दिने गरेको बताउँदैे यो फ्रेस हाउस खोल्नुको मूलउद्देश्य भनेकोनै व्यवस्थितरुपमा स्वच्छ , सफा मासुृ खान सबैले पाहोस भन्नु होे, हामीले मासु कटिङ्ग गर्दा सरसफाई र प्रयोग गरीने पानी, मासु कटिङ्गमा प्रयोग गरीने हतियारहरुमा ध्यान दिने गरेकोले बताउनु भयो ।
हाल राजापुर भंंसार चोक देखी करीब १०० मिटर दक्षिण, गणेशथान मन्दीर जाने बाटो मा खुलेको राजापुर फ्रेस हाउसमा बोइलर,लोकल कुखुरा, खसीको मासु र माछाहरु बिक्री गर्ने गरेको संचालक केदार थापाले बताउनु भएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!