बर्दिया राजापुर
राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुले कम्प्लेक्स भवन निर्माण गर्नका लागि अतिक्रमण गरी निर्माण गरेका भवनहरु भत्काउन डोजरचलाएको बताउनु भएको छ ।
बर्दियाको राजापुर नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गामा निर्माण भएका घर टहराहरु हटाएको छ । एकीकृत ग्रामीण विकास पूर्वाधार विकास कार्यक्रम अन्तर्ग कम्प्लेक्स भवन निर्माण गर्न नगरपालिकाको स्टल भवनदेखि उत्तर तर्फ बनाएका घर टहराहरु हटाउन सुरु गरेको हो ।
नगरपालिकाको नाममा रहेको कित्ता नं. ५६० को १ विगा १३ कठ्ठा ४ धुरमा रहेका संरचनाहरु ३५ दिने सुचना जारी गर्दा पनि अटेर गरी नभत्काए पछि नगरपालिका आफैले डोजर चलाएर भत्काएको हो । राजापुर बजारलाई सुन्दर र व्यवस्थित बनाउदै व्यापार व्यवसाय चलाउने उद्देश्यले नगरपालिकाको स्वामित्वमा रहेको जग्गा अधिग्रहण गरिएको नगर प्रमुख दिपेश थारुले वताउनु भयो । नगरपालिकाभरमा रहेका सार्वजानिक तथा नगरपालिकाको नाममा रहेको जग्गाको खोजि गर्दै आवश्यकताका आधारमा सरकारी भवन बनाउने नगरप्रमुख थारुको भनाई छ ।