बर्दिया राजापुर
राजापुरनगरपालिका वडा नं ६ मानपुरटपराले आज एक कार्यक्रम बिच वडा नं ६मा रहेका १२ वटा टोलका मुल बरघरलाई सिम सहित मोवाईल वितरण गरेको छ ।
वडा न ६ का अध्यक्ष महेश कुमार चौधरीको सभापत्तिमा भएको बरघरहरुलाई मोवाईल तथा सिम वितरण कार्यक्रममा वडा अध्यक्ष चौधरीले वडाका सुचना समुदाय स्तरसम्म पुराउन कठिनाइ भइरहेकाे थियाे अब सजिलाे हुने भयाे बताउदै, वडाको विकास निर्माण देखी टोल समुदायमा आई पर्ने समस्याका लागि बरघरहरुलाई सम्र्पक गर्न कठिनाई भएपछि वडा कार्यालयको रु ३० हजार रकमबाट १२ जना मेन बरघरहरुलाई वडा नै नाममा रहेको सिम सहित मोवाईल वितरण गरेको बताउनु भयो ।
वहाँले आगामी दिनमा बरघर परिवर्तन भएपछि आउने बरघरलाई पुरानो बरघरले सिम दिनु पर्ने जसका कारण समुदायमा आई पर्ने समस्या तथा अन्य कामको बरघर संग सम्र्पक गर्न सजिलो हुने बताउनु भयो । हामीले १ देखी १२ नम्बर सम्मका टोल अनुसारको सिम वितरण गरेका छौ यसले अबका दिनमा काम गर्न सजिलो हुने भएको वडा अध्यक्ष चाैधरीले बताउनु भयो ।