बर्दिया,राजापुर कोरोना भाईरस रोकथामका लागी ईलाका प्रहरी कार्यालय राजापुरले कोरोना भाइरस फैलिन नदिन लकडाउन कडा पारेको छ ।
जिल्ला प्रसासन कार्यालय वर्दियाले निर्देशन गरे अनुसार अति आवश्यक समान खरीदका लागि बिहान ६ बजेदेखी बिहान ९ बजे सम्म बजार खुल्ला गरीएको भए पनि बिहान ९ बजे पछि मान्छेहरु अनावश्यक रुपमा हिड्डूल गर्न थालेकोले लकडाउन कडा पारीएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख मिन वहादुर घलेले बताउँदै, लकडाउनको पालना नगर्नेलाई हामीले समझाई बुझाई गराउने गरेको भए पनी अटेर गर्ने गरेकोले कडाई गरीएको र कोरोनाभाईरस फैलिन नदिन कोरोना भाईरसबाट आफू पनी बाचौ अरुलाई पनी बचाऔ यस कार्यमा सबैको सहयोगको अपेक्षा लिएको बताउनुभएको छ ।