Loading... आजः आइतबार , बैशाख १४, २०८२

राजापुरमा वन संग सेलिब्रेटी कार्यक्रम


राजापुर बर्दिया
माघ ७
बर्दियाको राजापुरमा वन संग सेलिब्रेटी कार्यक्रम गरिएको छ ।

बर्दिया उद्योग वाणिज्य संघ राजापुर बर्दियाको सहकार्यमा डिभिजन वन कार्यालय बर्दियाको आयोजनामा बर्दिया राजापुर महोत्सव २०७९ को कार्यक्रम स्थलमा सनिवार वन संग सेलिब्रेटी कार्यक्रम गरिएको हो ।
डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन अधिकृत प्रविण विडारीले वन हाम्रो जिवन भएकोले संरक्षण क्षेत्रमा लाग्न सबैमा अनुरोध गदै वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश सरकारले ल्याएको नयाँ कार्यक्रम वन संग सेलिब्रेटी कार्यक्रम अन्तरगत सो कार्यक्रम गरिएको बताउनु भयो । उहाँले बर्दिया राजापुर महोत्सवबाट धेरै मान्छे विच जैविक विविधताको संरक्षण, वन वन्यजन्तु वनस्पती संरक्षणका गित नाटकको मार्फत संरक्षण शिक्षा, जनचेतना अभिबृद्धिका सन्देश पुराउन सफल भएको बताउँदै वन संग सेलिब्रेटी लाई जोडेर कार्यक्रम गर्दा अझ राम्रो हुने भएकाले यो कार्यक्रम गरेको बताउनु भयो ।
कार्यक्रममा भदै थारुले संरक्षण गित तथा प्रदेशु थारुले सरक्षण सम्बन्धी नाटक लगायतका थारु गितहरु गाएका थिए ।
थारु गायक राज कुस्मीले वन संरक्षणमा लाग्न सबैमा अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापा, पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आर्चाय, डिभिजन वन कार्यालय बर्दियाका टंक बहादुर गुरुङ्ग, द्रोज राज शर्मा, सन्तोष चौधरी, लगायत कर्मचारी, बर्दिया उद्योग वाणिज्य संघका पदाधिकारी,सेलिब्रेटी राज कुस्मी रुविना अधिकारी पत्रकारहरुको उपस्थितमा , सेलिब्रेटी राज कुस्मी रुविना अधिकारी लगायत बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापा, पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आर्चाय, महोत्सवको कार्यक्रम संचालक सितल शर्मा कोष खड्काहरुलाई मायाको चिनो प्रदान गरीएको थियो ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!