राजापुरमा विहीवार देखी सांग्रिला डेभलपमेन्ट बैक लि.को शाखा विस्तार गरी कामकाज सुरु गरिएको छ ।
सांग्रिला डेभलपमेन्ट बैक लि. का क्षेत्रीय प्रवन्धक जयन्द्र खड्काले शाखाकोे पुजा अर्चना गरी सेवा प्रदानका लागि कामकाज सुरु गराउनु भएको थियो ।
बैकको वारेमा जानकारी दिनु हुदै क्षेत्रीय प्रवन्धक जयन्द्र खड्काले राजापुर शाखा १०६ औ शाखाको रुपमा र बर्दिया जिल्लाको ४ औ शाखाको रुपमा रहेको बताउँदै बाराबर्दियाको जयनगरमा पनि शाखा विस्तारको काम भइरहेको विहीवार सम्म ८ सय जना भन्दा बढीले खाता खोली सकेको र ऋण दिने काम पनि विहीवारबाट सुरु गरिएको बताउनु भयो ।
Insert your Ads code here
वहाँले स्थानिय विकासको आधार भन्न्े नारा दिएको बैकले तपाईहरुको घर आगनमा आइपुगेकोले सेवा गर्ने मौका दिनुहो हामी सुखमामात्र नभई दुखमा पनि साथ दिने बैक रहेको बताउदै कृर्षि क्षेत्रको कर्जालाई प्राथमिक्ता दिने , पौष मसान्त सम्मको वित्तिय विवरण अनुसार कुल कर्जा लगानी ४३ अर्ब ९८ करोड कुल निक्षेप ४९ अर्ब ३९ करोड र चुक्ता पुजी ३ अर्ब रहेको पनि जानकारी दिनु भएको छ ।