बर्दिया राजापुर
नेपाल सरकारले आ.व. २०७९/२०८०को बजेट मार्फत राजापुर नगरपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत सुपर स्पेसिलिटी सेवा सहितको अस्पताल स्थापना गराउने भएको छ ।
नेपाल सरकारले आ.व. २०७९/२०८०को बजेटमा राजापुर नगरपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत सुपर स्पेसिलिटी सेवा सहितको अस्पताल स्थापना छुट्टापछि राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु, उप प्रमुख मनकला कुमारी चौधरी पाटन अस्पताल काठमाण्डौ पुगी आवश्यक नगर कार्यपालिकाको निर्णय लगायत अति आवश्यक कागजात बुझाउनुका साथै छिटो भन्दा छिटो काम सुरु गर्न आग्रह गर्नु भएको थियो ।
Insert your Ads code here
बजेट भाषण हुनु भन्दा केही दिन अगाडी बर्दियाको राजापुरमा पुग्नु भएका अस्पताल निर्माणका लागि अध्ययन टोली पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा रजिष्टार पारस कुमार आचार्यले हामीले काठमाण्डौ भन्दा बाहीर निस्केर नेपाली दाजुभाई दिदी बहीनीहरुलाई स्वास्थ्य सेवा पुराउन कर्णाली प्रदेश सुदुर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशको पायक पर्ने स्थानमा स्वास्थ्य क्षेत्रको विकासका लागि स्वास्थ्य सेवा प्रभाव गर्न स्थापना गरिन खाजेको बताउदै यस अस्पतालको नाम विश्व बिद्यालय स्तरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रहने जानकारी दिनु हुदै आर्थिक र्बामा बजेट विजियोजन भए को खण्डमा ६ महिना भित्र डिपीआर तयार भई ३र४ बर्ष भित्र परियोजना सम्पन्न गरिने बताउनु भयो ।
राजापुरमा नेपाल सरकारले अस्पताल बनाउने भएपछि कामलाई तिब्रता दिन राजापुर नगरपालिकाको कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेको छ ।