Loading... आजः आइतबार , बैशाख १४, २०८२

राजापुर कम्युनिकेशन प्रा.लि.रेडियो साथी एफ.एम ९५ मेगाहर्जको अध्यक्षमा पुनः बिश्वमान प्रधान चयन


बर्दिया राजापुर
राजापुर कम्युनिकेशन प्रा.लि.द्धारा संचालित रेडियो साथी एफ.एम ९५ मेगाहर्जको दोस्रो महाधिवेशन तथा १० औ बार्षिक साधारण सभाले  पुर्न अध्यक्षमा चयन गदै सुक्रबार एफ.एमको कार्यालयमा सम्पन्न भएको छ ।

राजापुर कम्युनिकेशन प्रा.लि.का अध्यक्ष बिश्वमान प्रधानको सभापत्विमा भएको बार्षिक साधारण सभा प्रमुख अतिथी राजापुर कम्युनिकेशन जेष्ठ सदस्य राम प्रसाद चौलागाई बिशिष्ट अतिथी राजापुर कम्युनिकेशन संचालक समिति सदस्य तथा राजापुर नगरपालिका वडा नं ४का पुर्ववडा अध्यक्ष रमन कुमार रेग्मी रहनु भएको थियो ।
महाधिवेशनले राजापुर कम्युनिकेशन प्रा.लिका संचालक समितिको अध्यक्षमा बिश्वमान प्रधान, उपाध्यक्षमा राम प्रसाद चौलागाई, सचिबमा मिन प्रसाद अधिकारी, कोषाध्यक्षमा लक्ष्मण चौलागाई र सदस्यहरुमा रमन कुमार रेग्मी, टिकाराम रेग्मी, बिष्णु प्रसाद अधिकारी, जगतनाथ खनाललाई चयन गरेको छ ।त्यस्तै लेखा समिति संयोजकमा लक्ष्मण चौलागाई, सदस्यहरुमा टिकाराम रेग्मी, बिष्णु प्रसाद अधिकारीलाई चयन गरेको छ ।

Insert your Ads code here


बिश्वमान प्रधान तेस्रो कार्यकालका लागि चयन हुनु भएको हो । यस संचालन समितिको कार्यकाल ४ बर्षका रहेको छ ।
राजापुर कम्युनिकेशन प्रा.लिका संचालक समितिका पुर्व सदस्य तथा रेडियो साथी एफ.एम ९५ मेगाहर्जका निर्वमान प्रबन्धक निर्देशक केशब कोइरालाले संचालन क्षेत्रमा गर्नु भएको योगदान र र एफ.एमलाई स्थापनाकाल देखी उहाँ रहनुज्याल सम्म गर्नु भएको कामको उच्च मूल्याङन गदै दोसल्ला र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
राजापुर कम्युनिकेशन प्रा.लिका संचालक समितिका सदस्य तथा रेडियो साथी एफ.एम ९५ मेगाहर्जका स्टेशन मेनेजर मिन प्रसाद अधिकारीले संचालन गर्नु भएको कार्यक्रममा गतबर्ष भए गरेका प्रगती विवरण तथा आयव्यय प्रस्तु्त गरिएको थियो ।

राजापुर कम्युनिकेशन प्रा.लिका संचालक समितिका सदस्य टिकाराम रेग्मीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
२०७१ सालमा ९ जनाबाट राजापुर कम्युनिकेशन प्रा.लि. दर्ता गरी रेडियो साथी एफ.एम ९५ मेगाहर्ज संचालन गरिएकोमा हाल बिबिध कारणले केशब कोइरालाले छोड्नु भए पछि उहालाई सस्थाले सम्मान गरेको हो ।हाल संचालक समितिमा ८ जनामात्र रहेका छन् ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!