बर्दिया राजापुर
जेष्ठ ८
नव निर्वाचित राजापुर नगरपालिका वडा नं ४का अध्यक्ष विदुर पोखरेलले आफुलाई नगरवासीले जुन आशा र विश्वासका साथ अत्याधिक मत दिई विजय गराउनु भएको छ ,त्यस आशा र विश्वासलाई पुरा गर्न साथै वडा र यस क्षेत्रको विकास निर्माणमा आफु कहिले पनि पछि नहट्ने ,यस ५ बर्षको अवधिमा हाम्रो वडा राम्रो वडा बनाउन आफुले सक्दो प्रयास गर्ने बताउनु भएको छ ।
वडा अध्यक्ष पोखरेलले वडावासीहरुको अमूल्य भोटको कदर गदै मलाई विजय गराउने सम्पुर्ण शुभचिन्तक तथा वडावासीहरुलाई धन्यवाद दिनुहुै म यहाँ काम गर्न आएको हो झुट्ठो आश्वसन दिन आएको हैन , म एक्लैले चाहेर मात्र हुदै सबैको साथ र सहयोग, सल्लासुझावको पनि अपेक्षा लिएको छु बताउनु भयो ।
२०७४ सालको निर्वाचनमा ११६ मतले प्रजयभोग्नु परेको पोखरेलले २०७९ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र बाट उम्मेदवारी दिनु भएको मा वहाँले ४९० भोट भन्दा बढी ल्याएर विजय हुनु भएको थियो ।
२०७९ सालको निर्वाचनमा विदुर पोखरेलले १४२७ मत प्राप्त गरेका थिए भने नेपाल कम्युनिष्ट पाटी एमालेका उम्मेदवार शर्मा चौधरीले ९३९ मत प्राप्त गरेका थिए ।