Loading... आजः आइतबार , जेठ ५, २०८२

अब म बिद्यार्थीको समस्या बुझन र आत्मबल बढाउन बिद्यार्थी माझ जानेछु ः–नगर प्रमुख थारु


बर्दिया राजापुर असार ३१
राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले शिक्षा क्षेत्रको सुधारकालागी सबै जिम्मेवार हुनुपर्ने बताउनु भएको छ । नगर प्रमुख दिपेश थारुले साउन १ गतेबाट विद्यालय संचालन भएपछी बिद्यार्थीहरुको समस्या बुझन र आत्मविश्वास दिलाउन विद्यालय पुगी विद्यार्थी भेटघाट गर्ने बताउँदै, सामाजिक विकास समितीका संयोजक रमेश चौधरीको ५ सदस्य गठीत अनुगमन टोली बाट आएको प्रतिवेदन अनुसार आगामीदिनको विद्यालय स्तरको कार्यक्रम बनाईने बताउनु भयो ।


राजापुर नगरपालिकाद्वारा सोमबार आयोजित स्थानीय शिक्षा ऐनमा भएको प्राबधान ,शिक्षामा लगानी तथा गुणस्तरिय शिक्षाकालागी बहस विषयक कार्यक्रममा बोल्दै नगर प्रमुखले यस्तो बताउनुभएको हो । आजकालका बालबालिका नियन्त्रण बाहिर भएको भन्दै अभिभावक,शिक्षक, प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन समिति सबैले ध्यान दिनुपर्ने प्रमुख थारुको धारणा छ । सानै उमेरदेखि कुलतमा लाग्नु, पढाई प्रती चासो नदिनुले एस इ इ मा यस्तो नतिजा आएको प्रमुख थारुको भनाइ छ ।


कार्यक्रममा बोल्दै उप प्रमुख मनकला कुमारी चौधरीले गुणस्तर शिक्षाका लागि नगरपालिकाबाट अनुगमन नभएको भने होइन, बिद्यालय स्तरमा बिद्यालय व्यवस्थापन समिति छ , वडाअध्यक्षहरुको समिति छ त्यतीमात्र ाभई भौतिक संरचना निर्माण गर्दा समितिहुन्छ सबैले आ–आफ्नो तर्फबाट जिम्मेवारी बहन गर्न सके शिक्षामा गुणस्तर सुधार हुने सबै भन्दा बढी अभिभावकहरु ले पनि चासो लिनु पर्ने बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बिद्यालयको शैक्षिक सु–शासनमा ध्यान दिन सके शिक्षामा गुणस्तर सुधार हुने भएकोले सबै बिद्यालयहरुले आ आफ्नो तर्फबाट शैक्षिक सु–शासनमा ध्यान दिन जरुरीको बताउनु भयो ।
सामाजिक विकास समितीका संयोजक रमेश चौधरीले बिद्यालयमा अभिभावक भेला गराउदा , शिक्षाको बिषयमा छलफल गराउन खोज्दा अभिभावकहरु नआउने तर जब बिद्यार्थीहरु फेल हुन्छ तब कसरी फेल भो भन्दै आउने गरेको बताउँदै राजापुर नगरपालिकाले जती लगानी गरेपनि जब सम्म अभिभावकहरु जागरुप हुन सक्दैन, आ आफ्नो बालबालिका प्रति ध्यान दिनसक्दैन तर्फ सम्म गुणस्तर शिक्षामा सुधार ल्यान समस्याहुने बताउनु भयो ।

Insert your Ads code here


शिक्षा शाखा प्रमुख दलबहादुर चौधरीले एस इ इ मौका परिक्षामा केही बिद्यालयहरुले पुनर्ताजकी कक्षा संचालन गरिएको जानकारी दिदै शिक्षा सुधारकालागी आगामी आर्थिक बर्ष २०८१–०८२ मा उल्लेख बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो ।
यस पटकको एस इ इ मा ८०.८३ प्रतिशतमात्रै बिध्यार्थी उतिर्ण हुनु दुखद भएको भन्दै अबको सिकाइ विधि बालमैत्रि ,बैकल्पिक शिक्षणबिधि,स्थानीय शिक्षण विधि आबश्यक रहेकोे निष्कर्श सरोकारवालाहरुले निकालेका छ्न ।
कार्यक्रममा पुर्व प्रअ झग्गु प्रसाद चौधरी, प्रअ मोहन चौधरी, श्यान जैसवाल शिक्षक बिरबल चौधरी लगायतका ले धारण राखेका थिए !
जङ्गार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमडौराले संचालन गर्नु भएको कार्यक्रममा कमैया महिला जागरण समाजका अध्यक्ष बिरुणी चौधरीले स्वागतमन्तव्य राख्नु भएको थियो भने शेखर चौधरीले सहजिकरण गर्नु भएको थियो ।
राजापुर नगरपालिकाको आयोजनामा ,जङ्गार साहित्यिक बखेरी सहआयोजक रहेको कार्यक्रममा एक्सनएडको सहयोग र कमैया महिला जागरण समाज बर्दियाले ब्यबस्थापन गरेको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!