राजापुर नगरपालिकाको नब्बे करोड उन्नतीस लाख आठ हजारको बजेट प्रस्तुत-पुर्ण पाठ
बर्दिया राजापुर
राजापुर नगरपालिकाले नेपाल सरकार र प्रदेश सरकारको समानिकरण अनुदान सर्शत अनुदान, बिषेश अनुदान, आन्तरिक राजश्र्व सहित चालु तर्फ रु ५६ करोड ९६ लाख र पुजिगत तर्फ रु ३३ करोड ३२ लाख ८८ हजार गरी जम्मा रु ९० करोड २९ लाख ८ हजारको बजेट प्रस्तुत गरिएको छ ।
असार ६ गतेबाट सुरु भएको राजापुर नगरपालिकाको सातौ नगर सभाले निती तथा कार्यक्रम पास गरी सकेपछि आज बजेट प्रस्तुत गरिएको हो ।
कृषि पर्यटन उद्योग भौतिक पुर्वाधार समाबेशी र समृद्धि राजापुरको मुल आधार भन्ने नारालाई अंगिकार गदै २०७८/०७९को बजेट ल्याइएको नगर उप प्रमुख मनकला कुमारी चौधरीले बताउनु भएको छ ।
नगर उप प्रमुख मनकला कुमारी चौधरीले २०७८/०७९को बजेट बक्तव्य मार्फत बजेटको मुल उद्देश्य राजापुर नगरपालिकामा कोभिड १९ को नियन्त्रण दिगो र उपचारहरुलाई प्रभावकारी बनाउने, नगर क्षेत्रभित्र दिगो भरपर्दो गुणस्तरीय भौतिक पुर्वाधार विकास गर्ने,स्वास्थ्य शिक्षालाई गुणस्तरीय सुधार गरी नगरको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान बढाउने, रोजगारमुलक विकास र उद्यमशीलताको माध्यमबाट आधारभूत आवश्यक्तको परिपूर्ती गदै नगरवासीको जिबनस्तरमा सुधार गर्ने, शासकीय सक्षमताको विकासगरि सुशासन र सदाचार प्रबर्धन गर्ने रहेको बताए ।
२०७८/०७९को बजेटमा सामुदायिक बिद्यालयहरुमा नि शुल्क शिक्षा अनुदान कार्यक्रमलाई निरन्तरता दिन रु१ करोड ९६ लाख ५० हजार , नि शुल्क शिक्षा अनुदान कार्यक्रम अन्तरर्गत कार्यरत सम्पुर्ण शिक्षक, शिक्षिकाहरुको तलब सुबिधामा रु १ हजार थप गरीने भएको सामुदायिक विद्यालयहरुमा कार्यरत प्रारम्भिक बालविकास शिक्षक शिक्षिका र अन्य कर्मचारीहरुको न्यूनतम पारीश्रमिक रु १५ हजार कायम गर्नका लागि बजेट बिनियोजन गरिएको छ ।सामुदायिक विद्यालय भवनहरुको एकिकृत रगरोगन गर्न २५ लाख विद्यालयहरुमा बाल उद्यान निर्माण को लागि रु १२ लाख ५० हजार स्वच्छ रसफा विद्यालय निर्माणका लागि सामुदायिक विद्यालयहरुमा फोहोर मैला कोष स्थापना गर्न ४ लाख बजेट छुट्टाइएको छ ।
स्वास्थ्य तर्फ कोराना रोग तथा अन्य महामारी रोगको नियन्त्रण रोकथामतथा उपचारको लागि रु ४० लाख स्वास्थ्य चौकी उप स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रको लागि आवश्यक औषधी र औषधीजन्य सामाग्री खरीदको लागि रु २० लाख महिला स्वयसेविका उपदानकोषको लागि रु ८ लाख, भौतिक पुर्वाधारतर्फ मनपरीपुर वडा नं १ सड्क कालोपत्रेको लागि रु८५ लाख, वडा नं २ बालाबजार संग्रहालय सड्क कालो पत्रेको लागि रु ५० लाख,वडा नं ३ टेडिया प्रयागपुर सडक कालोपत्रेको लागि रु ५० लाख राजापुर बजारको मुख्य सडक र सहायक सडक विस्तार र कालो पत्रेको लागि रु १ करोड ४० लाख, वडा नं ५ पहाडीपुर सडक कालो पत्रेको लागि रु ४० लाख, वडा नं ६ मानपुर टपरा ईश्वरीगन्ज सडक कालो पत्रेको लागि रु ५५ लाख , वडानं ७ गणेश स्थान सडक कालोपत्रेको लागि रु ७८ लाख, गोडियानाचैनपुर हुदै भारतको सिमाना सम्म सडक कालो पत्रेको लागि रु५० लाख, टेडिया दलै कुलो बाधमा कल्भर्ट निर्माणको लागि रु २० लाख वडा नं ८को हुलाकी मार्ग विउविजन कार्यालयसडक कालोपत्रेको लागि ५० लाख, राजापुर नगरपालिकाको अधुरो प्रशासनिक भवन निर्माणको लागिरु ८० लाख, वडा नं १० करमोहनी शान्ती चोक सडक कालो पत्रेको लागिरु ५० लाख, वडानं. १,२,३,६ र ९को भवन निर्माणको लागिरु १करोड २० लाख, वडा नं २ वडा कार्यालयभवन जग्गाखरीदका लागि रु ३० लाख, वडा नं३ मा अवस्थित खेल मैदानको लागि रु२० लाख, वडा नं ५मा शित भण्डार निर्माणको लागि बिस्तृत परियोजना प्रतिबेदनको लागि रु १५ लाख,संघिय सरकार प्रदेश सरकारसंग लागत साझेदारी पुर्वाधार निर्माणको लागि रु ५ करोड सामाजिक विकास तर्फ मातृतथा शिशु स्वास्थ्य सुधारगर्न १ हजार दिनको आमा संग उप प्रमुख कार्यक्रमको लागि रु ५लाख, जेष्ठनागरिक भवनमा जेष्ठ नागरिक दिवा सेवा सञ्चालनको लागि रु २लाख ५० हजार, विपन्न तथा लोपान्मुख सोनाहा समुदायको उत्थानको लागि रु५ लाख, पिछडिएको दलित बादी समुदायको संरक्षण तथा उत्थानको लागि रु १लाख ५० हजार, बाल विवाह न्यूनिकरण , बालश्रम मुक्त समाज निर्माण बाल कल्ब सचेतना र उपयोगी बाल सामागी हस्तान्तरणको लागि रु २ लाख कृषि पशु तर्फ एक वडा एक कृषि पकेट कार्यक्रम सञ्चालनको लागि रु ४लाख, युवा पुस्तालाई कृषिपेशामा आकर्षित गर्नको लागि नगर प्रमुख युवा उद्यमी कार्यक्रमको मार्फत रु ५ लाख,उन्नत बिउ बिजन मार्फत किसानको कृषि उत्पादनमा बृद्धि गर्न ५० प्रतिशत अनुदान धान र गहुको बिउ वितरण कार्यक्रमको लागि रु ६ लाख, च्याउ खेती प्रबद्र्धन तथा बालीजन्य रोग किरा बाट किसानको कालिको क्षती न्यूनिकरण गर्न ५लाख,माटो उर्बरा शक्ति र गुणस्तर परिक्षण गर्न मिनी ल्याब स्थापनाको लागि रु ४लाख, पशुजन्य रोग माहामरी नियन्त्रण र उपचारको लागि रु १० लाख,बर्षे घास बीउ खरीदगरी कृषकहरुलाई वितरणको लागि रु ४लाख ५० हजार, उद्योग सहकारी र पर्यटन तर्फ सहकारी एकिकरण कार्यक्रको लागि रु ४लाख ५० हजार, नगर स्तरिय सहकारी समिती गठनको लागिरु १लाख ५० हजार, वडा नं २ मा अवस्थित थारु राष्ट्रिय सांस्कृतिक संग्रहालयको लागि रु २५ लाख, अर्नहवा ताल व्यवस्थापनको लागि रु २५ लाख लगायत न्यायीक समिती विपद व्यवस्थापन क्षेत्रहरुको लागि बजेट विनियोजित गरिएको छ ।
२०७८/०७९को व्यय तर्फको अनुमानीत नगरपालिकाको चालु तथा प्रशासनिक खर्च रु १२ करोड ४८ लाख ७० हजार, शिक्षा तर्फ रु ३ करोड ७४ लाख ५० हजार, स्वास्थ्य तर्फ रु ४२ लाख, पशु सेवा तर्फ रु २० लाख, कृषि तर्फ रु २५ लाख, समाजिक विकास तर्फ रु ३५ लाख, वन वातावरण जलवायु परिर्वतन पर्यटन तर्फ रु ५ लाख, नगर स्तरिय भौतिक पुर्वाधार तथा विविध कार्यक्रम तर्फ रु ११ करोड ७१ लाख ५० हजार, वडा स्तरीय भौतिक पुर्वाधार तथा अन्य कार्यक्रमको लागि रु ८ करोड ६ लाख ९४ हजार, वडा कार्यालय प्रशासनिक तर्फ रु ७५ लाख, समपुरक कोषतर्फ रु ५ करोड, सामाजिक सुरक्षा तर्फ रु १३ करोड, नेपाल सरकार शर्शत अनुदान कार्यक्रमरु २६ करोड ७९ लाख, नेपाल सरकार समपुरक अनुदान कार्यक्रम तर्फ रु १ करोड ९५ लाख, नेपाल सरकार विशेष अनुदान रु १ करोड ६६ लाख, प्रदेश सरकार समपुरक अनुदान कार्यक्रम रु २ करोड मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम रु ७० लाख, प्रदेश सरकार शर्शत अनुदान कार्यक्रम रु १ करोड १५ लाख ४४ हजार रहेको छ ।
राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरीको सभाध्यक्षतामा सुरु भएको बजेट बक्तव्य नगरपालिका नगर उपप्रमुख मनकला कुमारी चौधरी प्रस्तुत गर्नु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, वडा नं १का अध्यक्ष खुसीराम चौधरी, वडा नं २ का अध्यक्ष धरनीधर थारु, वडा नं३ का अध्यक्ष बिष्णु प्रसाद खनाल, वडा नं ४का अध्यक्ष रमन कुमार रेग्मी, वडा नं५ का अध्यक्ष राम बहादुर चौधरी, वडा नं६का अध्यक्ष महेश कुमार चौधरी, वडा नं ७ का अध्यक्ष मथुरा प्रसाद थारु , वडा नं८ का अध्यक्ष चिन्तामणी आर्चाय, वडा नं९ का अध्यक्ष बिष्णु प्रसाद थारु वडा नं १०का अध्यक्ष दया शंकर थारु कार्यपालिका सदस्यहरु तथा सदस्यहरु, विभिन्न समिति तथा उपसमिति, शाखाका पदाधिकारीहरु, पत्रकारको उपस्थिति रहेको थियो ।