Loading... आजः मंगलबार , आश्विन १, २०८१

राजापुर नगरपालिकाको सातौ नगर सभा आजबाट सुरु यस पटक कृषि, पर्यटन, बरघर, स्वास्थ्य शिक्षा र रोजगारमा बढी जोड


 

राजापुर बर्दिया
कृषि पर्यटन उद्योग भौतिक पुर्वाधार समावेशी र समृद्ध राजापुरको मुल आधार नाराको साथ आजबाट राजापुर नगरपालिकाको सातौ नगर सभा सुरु भएको छ ।

 सातौ नगर सभालाई संचालन गदै सभाका सभापति नगरपालिका प्रमुख शिब प्रसाद चौधरीले निती तथा कार्यक्रम प्रस्तुत गरिएको,निति तथा कार्यक्रम माथि छलफल असार ८ गते १ बजे सुरु हुने र असार १० गते नगरपालिकाको बजेट प्रस्तुत हुने बताउनु भएकोछ ।

Insert your Ads code here

आगामी आ व २०७८/०७९ मा राजापुर नगरपालिकाको नीति तथा कार्यक्रम नगर उपप्रमुख मननकला कुमारी चौधरीले सभामा प्रस्तुत गर्नु भएको थियो ।


निती तथा कार्यक्रममा कृषि, पर्यटन, बरघरपर्था, स्वास्थ्य शिक्षा र रोजगारमा बढी जोड दिएको छ । भने भाषा सस्कृती सामाजिक परम्परा धार्मिक प्रतिष्ठानलाई आगामी आ व २०७८/०७९को निती तथा कार्यक्रममा समेट्ने प्रयास गरिएको छ ।

प्रस्तुत गरिएको निती तथा कार्यक्रम अनुसार प्राङ्गारिक खेतीलाई जोड दिदै कम्पोष्ट मल उत्पादन कार्यलाई जोड दिई रासायनिक मलको सहज आपुर्तिका लागि आवश्यक समन्वय गरिने , एक वडा एक उत्पादन निती अवलम्बन गरिने, युवाहरुको बढ्दो बैदेशिक पयायनलाई निरुत्साहित गर्नका लागि कृषि क्षेत्रमा आकर्षण बढाउन मागमा आधारित अनुदान साझेदारी व्यवस्था गर्ने निती बनाई कार्यान्वयन गरिने, स्थानीय सीप कला र कच्चा पदार्थमा आधारित उत्पादीत सामाग्रीहरुको उचित बजारिकरण गर्नका लागि उद्यमशिलता विकासको माध्यमबाट कोशेली घरको सञ्चालन गरिने, नगर क्षेत्रमा सुरक्षा प्रवन्धका लागि सिसि टिभी जडान गर्न र नियमित सुरक्षा गस्ती लगायतका कार्य लागि सम्बन्धि निकायसंग समन्वय गरिने, एक वडा एक बिषयगत सहकारी सस्थाको कार्यक्रमका लागि प्रकृया अगाडी बढाउने,गरिब विपन्न शैक्षिक बेरोजगार र रोजगार गुमाएका युवाहरुलाई सहकारी सस्था मार्फत कर्जा प्राप्त गरी साना तथा घरेलु उद्योग स्थापना गर्न प्रोत्साहन गरिने, महत्वपुर्ण पर्यटकीय स्थलहरुमा सुचना पाटीहरु राखीने र नगरपालिका पर्यटन वृतचित्र तयार गरी विभिन्न सञ्चार माध्यमबाट प्रचार प्रसार गर्ने व्यवस्था मिलाइने,नगर क्षेत्रमा रहेका ऐतिहासिक धार्मिक सास्कृतिक पौराणिक एव पुरातात्विक महत्वका क्षेत्रहरु तथा स्थलहरुको सरक्षण सम्बद्र्धन प्रचार प्रसार र विकासका लागि आवश्यक कार्य गरिने, डिपीआर तयार भैसकेका पर्यटकीय क्षेत्र अर्नहवा ताल व्यवस्थापन पिक्निक स्पोटको निर्माण कार्यलाई केन्द्र प्रदेश सरकारर स्थानिय तहको समन्वयमा अगाडी बढाइने र चिल्ड्रेन पार्क निर्माणलाई यसै बर्षदेखी प्रारम्भ गरिने, फोहोरबाट मोहर कार्यक्रम सञ्चालन गरिने, राजापुर नगरपालिका भित्र सदियौ देखी चलिआएको वरघर प्रथालाई परिभाषित नियमित प्रवद्र्धन र विकास गर्ने नितीहरु अपनाईने, बरघर प्रथाको ऐतिहास र अन्तरवस्तु झल्किने गरी प्राश्र्वचित्र तयार गरिनुका साथै यस प्रथालाई व्यवस्थित गर्न आवश्यक बरघर कार्यविधी निर्माण तथा कार्यन्वयन गरिने, बरघरहरु मध्ये विकास निर्माण र सामाजिक परिचालनको काममा उत्कृष्ट भूमिका निर्वाह गरेका नगर भित्रका बढीमा ३ जना बरघरलाई सम्मान स्वरुप पुरुस्कारको व्यवस्था गरिने , विकास संग बरघर भन्ने नाराका साथ यसै बर्ष देखी लागत सहभागितामा आधारित विकास कार्यक्रममा जोड दिनुका साथै जनउत्साहा बढाउन आवश्यक कार्यक्रम संचालन गरिने, पुर्ण साक्षर राजापुर नगरपालिका घोषणा गर्ने अभियानलाई निरन्तरता दिईने, सस्थागत विद्यालयमा अनियमित रुपले लिईने कुनै पनि शैक्षिक शुल्क नियन्त्रण गरि अनुमति विना संचालन रहेका सस्थागत विद्यालयलाई नियमन गरिने स्वच्छ स्वस्थ र सुरक्षित विद्यालय निर्माणका लागि पहल गरिने, खेल जगतमा युवाहरुलाई आकर्षित गर्नका लागि नगरस्तरिय खेलकुद समिति गठन गरिने , मेयरकप प्रतियोगितालाई निरन्तरता दिईने, एक नगरपालिका एक रंगशालाको लागि सघिय र प्रदेश सरकारसंग समन्वय गरि निर्माण कार्य गर्नुका साथै एक वडा एक खेल मैदानको अवधारणा लागु गरिने, युवा विकासका लागि निती सम्वाद कार्यक्रम संचालन गरिने,प्राथमिक स्वास्थ्य केन्द्रराजापुरमा १५ शैया को अस्पताल सहित विशेषज्ञ सेवा उपलब्ध गराउन आवश्यक पहल गरिने, आमा बचाउ छोरी हुर्काउ कार्यक्रम अन्तर्गत लैगिक विभेद अन्त्य गर्न छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप पोषण भत्ता कार्यक्रमलाई निरन्तरता दिइने, विशेष गरी ५ भन्दा बढी गाई वा भैसी पाल्ने र दुध उत्पादन गर्ने कृषकहरुलाई नि शुल्क क्यान उपलब्ध गराईने, वन्यजन्तुबाट हुने क्षति न्यूनिकरण तथा नागरिकको जिउज्यान तथा सम्पतिको सुरक्षाको लागि गाँउ सहर उज्यालो कार्यक्रम सञ्चालन गर्नुका साथै राजापुर बजारमा सि.सि. क्यामेरा जडान गरिने, लगायत २३५ वडा निती तथा कार्यक्रमहरु बनाइ प्रस्तुत गरिएको छ । उक्त निती तथा कार्यक्रममाथि छलफल ८ गते मंगलबार हुने छ ।

राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरीको सभाध्यक्षतामा सुरु नीति तथा कार्यक्रममा नगरपालिका नगर उपप्रमुख मनकला कुमारी चौधरी प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने,वडा  नं १का अध्यक्ष खुसीराम चौधरी, वडा नं २ का अध्यक्ष धरनीधर थारु, वडा नं३ का अध्यक्ष बिष्णु प्रसाद खनाल, वडा नं ४का अध्यक्ष रमन कुमार रेग्मी, वडा नं५ का अध्यक्ष राम बहादुर चौधरी, वडा नं६का अध्यक्ष महेश कुमार चौधरी, वडा नं ७ का अध्यक्ष मथुरा प्रसाद थारु , वडा नं८ का अध्यक्ष चिन्तामणी आर्चाय, वडा नं९ का अध्यक्ष बिष्णु प्रसाद थारु वडा नं १०का अध्यक्ष दया शंकर थारु, कार्यपालिका सदस्यहरु तथा सदस्यहरु, विभिन्न समिति तथा उपसमिति, शाखाका पदाधिकारीहरु, पत्रकारको उपस्थिति रहेको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!