राजापुर नगरपालिकाले सुरु ग¥यो अनलाईन सिफारिस सेवा- भिडियो सहित एक रिपोट
बर्दिया/राजापुर
बर्दियाको राजापुर नगरपालिकाले राजापुर नगरपालिका वडा नं ५मा एक कार्यक्रमको आयोजना गरी अनलाईन सिफारिस सेवा सुरु गरेको छ ।
अनलाईन सिफारिस सेवा पहिलो चरणमा राजापुर नगरपालिकावडा नं ५ बदालपुर बाट सेवा सुरु गरे पछि वडा नं ५का सेवाग्राहीले पालिकावाट आवश्यक पर्ने विभिन्न किसिमका सिफारिसहरु अव घरवाटै लिन पाउने भएका छन ।
सुशासनका लागि क्षमता विकास कार्यक्रम (सिडिडएसजी) अन्तर्गत जीआईजेडको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएको अनलाई सिरफारिस प्रणाली शुक्रबार देखि राजापुर नगरपालिका वार्ड न ५ मा सञ्चालन भएको हो । सिफारिस प्रणालीको उद्घाटन कार्यक्रमलाइ सम्बोधनगर्दै प्रमुख अथिति राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले आउँदा दिनहरुमा कागजको प्रयोग कम गर्दै सजिलो र छिटो अनलाइनबाट सेवा प्रदान गरिने बताउनु भयो । प्राय सबैको घरमा मोबाइल तथा अनलाइन सेवा भएका कारण भीडभाड तथा सजिलो संग घरबाटै आफूले चाहेको जानकारी र फारम भर्न मिल्ने भएकाले यो सेवा क्रमस नगरपालिकाका सबै वडाहरुमा छिटैलागु हुने बताउनु भएको हो ।
कार्यालयले प्रदान गर्ने सेवालाई एकिकृत गरेर सरकारको अवधारण अनुरुप ई सिफारीसको सुरुवात गरिएको हो । पालिकाले शुक्रबार वडा नम्वर ५ वाट सुभारम्भ गरिएको यो सेवा अन्तगर्त सर्वसाधारण नागरिकलाई दैनिक जीवनयापनमा आवश्यकपर्ने नागरिकता, जन्म, मृत्यु, बसाई सराई, विवाह दर्ता लगायत फारामहरु घरबाटै भर्न सक्ने भएकाले जनताको काम छिटो र छरिते हुने राजापुर नगरपालिका उप प्रमुख मनकला कुमारी चौधरीले बताउनु भएको छ । जेआईजेडका लुम्बिनी प्रदेश संयोजक निराजन सुवेदीले यो सेवाबाट स्थानीयले घरबाटै आफै सम्पूर्ण सेवाहरूको बारेमा जानकारी पाउन सक्ने तथा कार्यालयमा धाउन नपर्ने बताउनु भयो ।
कार्यक्रम समापनगर्दै वडा नं ५ का अध्यक्ष रामबहादुर थारुले विकासका कामहरू बाटो घाटो निर्माण मात्रै नभएर प्राविधिक विकास तर्फ पनि आफूहरु लागि परेको बताउदै अब वडा नं ५ का नागरीकहरु लाइ प्रबिधिसँग जोडिएका सेवाबाट फाईदा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा राजापुर नगरपालिका सूचना तथा प्रविधि शाखा अधिकृत खुशीराम चौधरी, नगर उप प्रमुख मनकला कुमारी चौधरी, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति थियो ।