Loading... आजः मंगलबार , भाद्र २५, २०८१

एकआपसमा सहयोग गर्दे चार्डपर्व मनाउन नगर प्रमुख थारुको अनुरोध


बर्दिया राजापुर
राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुले रिस राग छाडी, दशै लगायतको चाडपर्व एक आपसमा सहयोग गदै मनाउन आग्रह गर्नु भएको छ ।
सुक्रबार राजापुर नगरपालिकामा आयोजित दशै दिपावली शुभ कामना आदान प्रदान कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले चाड पर्वको समयमा आइ पर्ने समस्या समाधानका लागि स्वास्थ्य सेवा बन्द नगरी संचालनमा ध्यान दिन आग्रह गदै ,दशै लगायतको चाडपर्वहरु मनाउदा अरुलाई असर नपुग्ने गरी मनाउन र चार्डपर्व मनाउने सबै नगरवासीहरुको अधिकार भएकोले आर्थिक अवस्था कमजोर भएका गरीव दुखीहरुलाई सबैले सहयोग गर्न अनुरोध गदै त्यस्तैे यस अवस्था आए वडाबाट र नगरपालिकाबाट पनि सहयोग गर्न सकिने बताउनु भएको छ । उहाँले चार्डपर्वको समयमा हुने बालविवाह लगायतका घटनाहरु घट्ने भएकोले अभिभावकहरुपनि सचेत हुन आवश्यक रहेको र अत्याधिक मात्रमा मधिरापान गरी सवारी साधन चचलाउदा हुने दुघटनाहरुबाट बच्न ध्यान दिनु पर्ने बताउनु भयो ।

 


राजापुरनगरपालिका उप प्रमुख मनकला कुमारी चौधरीले सुशासन कायम राख्दै दक्ष अनुसारको चाडपर्वमनाउन नगरवासीहरुमा अनुरोध गदै चाडपर्व कसैको घरमा दशा नबनोस देखासेकी भन्दा आफ्नो दक्ष अनुसार चाडपर्व मनाउनु पर्ने बताउनु भएको छ । प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजग शाहीले शुभ कामना व्यक्त गदै यस अवस्थामा सबै मिली चाडपर्व मनाउनु पर्ने दुघटनाहरुबाट बच्न मधिरापान नगरी सवारी साधन चलाउनु पर्ने बताउनु भएको छ ।

Insert your Ads code here


कार्यक्रममा राजापुरनगरपालिकाका सम्पुर्ण वडाका वडाअध्यक्ष कार्यपालिका सदस्य कर्मचारीहरुबाट एक आपसमा सुभकामना मन्तव्य राख्दै मनाइएको छ ।
त्यस्तै राजापुर नगरपालिकाले र वडाहरुले दशै दिपावली छठ पर्वको अवसरमा सास्कृतिक तथा खेलकुद कार्यक्रमहरु गरी राजापुरनगरपालिकामा धुमधामले मनाइरहेको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!