राजापुर नगरपालिका वडा नं. ६ को आयोजनामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पन्न
बर्दिया टपरा
असार १८
राजापुर नगरपालिका वडा नं. ६ को आयोजनामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पन्न भएको छ ।
भौराटप्पा मिडिया प्रा.लि.को सहजीकरणमा सम्पन्न सो कार्यक्रमले नागरिक र सरकारबीचको संवादको नयाँ अभ्यास प्रस्तुत गरीयो ।
वडा कार्यालयको हलमा आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्ष असराज न्यौपाने, वडासचिव, प्राविधिक कर्मचारी, विभिन्न टोलका बासिन्दा, महिला स्वयंसेविका, फरक क्षमता भएका व्यक्ति, द्वन्द्व पीडित, शिक्षक, ज्येष्ठ नागरिकलगायतको उल्लेखनीय सहभागिता थियो।
टपरा बजारकी फरक क्षमता भएकी शुशिला स्वारले सार्वजनिक सुनुवाई कार्यक्रममा “हामीले बोलेर मात्र हुन्छ? सुन्ने हो भने समाधान पनि हुनुपर्छ।
उनेले भनीन् आफुले ६ महिना अगाडि वडामा दिएको निवेदन अझै पनि कार्यान्वयनमा नआएको भन्दै सेवामा समान पहुँचको माग गरिन्।
पुर्व भौतिक पूर्वाधारमन्त्री धर्मबहादुर चौधरीका स्वकीय सचिव रामबहादुर बखरियाले टपरा बजारमा बनेको पक्की नाली नियमित सरसफाई नहुँदा फोहोर थुप्रिने समस्या औँल्याए। “नाली बन्यो, तर प्रयोगमै ध्यान छैन भने नागरिकले के पाउने?” भन्ने जिज्ञासा उनले उठाए।
बरघर धनिराम चौधरीले विद्युतको पोल भाँचिँदा वडा कार्यालयले चासो नदिएको गुनासो राखे। “हामी नागरिकको करको पैसा कहाँ खर्च हुन्छ?“ भन्ने प्रश्न उनले खडा गरे।
त्यस्तै, चेतराम थारुले महुवा टोलमा ग्राभेल सडक अधुरो रहनु र कृषि अनुदानमा वितरण गरिएको केराको रेशा निकाल्ने मेशिन महँगो हुनुमा असन्तुष्टि जनाए।
वडाध्यक्ष असराज न्यौपानेले जनगुनासोलाई सम्बोधन गर्दै स्थानीय सरकार सबै जनताको सेवा गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। उनले सीमित स्रोतसाधनमा पनि पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता नगरिने प्रतिवद्धता जनाए। “हामी तपाईंहरूको कुरा सुन्छौं र समाधानतर्फ लाग्छौं,” उनले भने।
प्राविधिक र सचिवस्तरीय कर्मचारीहरूले पनि आ–आफ्नो क्षेत्रका गुनासोप्रति स्पष्टिकरण दिएर भविष्यमा सुधार ल्याउने आश्वासन दिए।
कार्यक्रमको मूल उद्देश्य सुशासन प्रवद्र्धन, जनताको प्रत्यक्ष सहभागिता र उत्तरदायी स्थानीय सरकार निर्माण रहेको थियो। यस्ता सुनुवाइले नागरिकका आवाजलाई नीति निर्माण र कार्यान्वयन तहमा पु¥याउने सेतुको काम गर्छ।
सुनुवाइमा सहभागी अधिकांश नागरिकहरूले यस्तो संवादमूलक कार्यक्रम निरन्तर गरिनुपर्नेमा जोड दिए। उनीहरूले सिफारिसमात्र होइन, कार्यान्वयनको ट्र्याकिङ गर्न पनि वडाले वार्षिक सामाजिक लेखाजोखा गर्नुपर्ने बताए।
“हामी कुरा राख्न पायौं, त्यसैमा धेरै सन्तुष्टि छ। तर सुनिएको कुरा पूरा हुने हो भने मात्र यसले मूल्य पाउँछ,” कार्यक्रममा सहभागी एक ज्येष्ठ नागरिकले बताए।
राजापुर नगरपालिका वडा नं. ६ को सार्वजनिक सुनुवाइ जनसंवादको सशक्त अभ्यास थियो। यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन हुन सके, जनप्रतिनिधि र जनताबीचको दूरी घट्ने, सेवाप्रवाहमा विश्वास बढ्ने र स्थानीय सरकारको पारदर्शिता अझ प्रगाढ हुने देखिन्छ।
तपाइँकाे प्रतिक्रिया
