Loading... आजः शनिबार , माघ ५, २०८१

राजापुर नगरपालिका वडा नम्बर ५मा १२ दिने स्वास्थ्य जाँच अभियान सुरु


बर्दिया राजापुर
राजापुर नगरपालिका वडा नम्बर ५ ले स्वास्थ्य जाँच अभियान सोमबारबाट सुरु गरेको छ । वडा भित्रका जेष्ठ नागरिक, अशक्त,अपाङ्ग तथा दीर्घ रोगीहरुलाइ घर दैलो स्वास्थ जाँच अभियानको एक कार्यक्रमका बिच सुरु गरिएको छ ।
अभियानको सोमबार वडा नम्बर ५ का वडाअध्यक्ष रमेश चौधरी (दहित)ले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चौधरीले तोकिएका बर्गका नागरिकहरु सोस्फुर्त रुपमा हिडडुल गर्नुका साथै स्वच्छ जीवन यापन गर्न पाउन भन्ने उदेश्यले अभियानको थालनी गरिएको भन्दै नसर्ने रोगबाट सचेत रहन नियमित जाँचको आवश्यक रहेको धारणा व्यक्त गर्नुहुदै १२ दिन सम्म राजापुर नगरपालिका वडा नं ५को टोल बस्तीमा पुगी सिवीर संचालन गरीने बताउनु भयो ।

Insert your Ads code here

स्थानीय बरघर बेचुलाल थारुको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा ५० बढी जेष्ठ नागरिक, अशक्त,अपाङ्ग तथा दीर्घ रोगीहरुको सुगर, प्रेसर,पिसाब, जाँच गरिएको छ ।

स्वास्थ्य सेवा बारे जानकारी दिदै बदालपुर स्वास्थ्य चौकिका प्रमुख तेज बहादुर थारुले १२ दिन सम्म कार्यक्रम जारी रहने भन्दै उक्त उमेर र बर्ग समुहका सम्पुर्ण नागरिकलाई सहभागी हुन आग्रह गर्नुभयो । कार्यक्रमको वडा नम्बर ५ का वडा सचीव अमित दहितले संचालन गर्नुभयो ।

राजापुर नगरपालिका आर्थिक सहयोगमा बदालपुर स्वास्थ्य चौकीको प्राविधिक सहयोग रहेको छ ।कार्यक्रममा वडा सदस्यहरु अस्रि चौधरी, थानेदार थारु,जनकलाल चौधरी,गाउका बुद्धिजीवी पत्रकारहरुको उपस्थित रहेको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!