Loading... आजः आइतबार , जेठ ५, २०८२

राजापुर नगरपालिका शिक्षा शाखाद्धारा कक्षा ८ को बिद्यार्थी र बिद्यालयगत नतिजा सार्वजनिक, अंक्सिडेन्टल एकेडेमी राजापुर ४ शान्तिपुरले सतप्रतिशत बिद्यार्थी उत्तीण  गर्न सफल


बर्दिया राजापुर

राजापुर नगरपालिका शिक्षा शाखाले २०८१ साल चैत्र ३१ गते कक्षा ८ को बिद्यार्थी र बिद्यालयगत नतिजा सार्वजनिक गरेको छ ।

 

Insert your Ads code here


आधारभुत शिक्षा परीक्षा( कक्षा ८)को नतिजा अनुसार बिद्यालयगतमा सस्थागत तर्फ अंक्सिडेन्टल एकेडेमी राजापुर ४ शान्तिपुरले सतप्रतिशत, एड्भान्स एकेडेमी राजापुर १० मंगलपुुरले ८८.२४ प्रतिशत, रिनेश बोडिंङ स्कुल राजापुर ४ले ६० प्रतिसत ,लाईट एकेडेमी राजापुर४ ले ४८ प्रतिशत बिद्यार्थी उत्तीण गरेको छ । त्यस्तै सामुदायिक बिद्यालय तर्फ भेरी माध्यमिक बिद्यालय राजापुर ८ ललितापुरले ६३.७३ प्रतिशत, कालिका माध्यमिक बिद्यालय राजापुर १ चनौराले ४३.२१ प्रतिशत, नेपाल राष्टिय मा.बि राजापुर ९ गोडियानाले ३७.७८, किसान मा.बि राजापुर ५ बदालपुरले ३५ प्रतिशत बिद्यार्थी उत्र्तिण गर्न सफल भएको छ ।


बिद्यार्थी तर्फ कालिका माध्यमिक बिद्यालय राजापुर १ चनौराका बिद्यार्थी चेतना थारुले ३.९७ जिपिए प्राप्त गरी प्रथम, अमर शहिद श्री दशरथ चन्द माध्यमिक बिद्यालय राजापुरका बिद्यार्थी बिनिशा चौधरीले ३.९४ जिपिए प्राप्तगरी दुतिय, अमर शहिद श्री दशरथ चन्द माध्यमिक बिद्यालय राजापुरका बिद्यार्थीका आकृति चौधरी र सुरज चौधरीले ३.९१ जिपीए प्राप्त गरी तृतिय भएको छन् ।

 


शिक्षा शाखा राजापुरनगरपालिकाले गरेको नतिजा प्रकासित सुचनामा नतिजा उपर चित्त नबुझले पुनर्योग गर्न चाहने परीक्षार्थीले प्रतिबिषय रु ३ सय दस्तुर बुझाई २०८२ बैशाख ७ गते भित्र निवेदन पेश गर्नु पर्ने, कुनै पनि बिषयको बढीमा २ वटा एन जी भएका परीक्षार्थीले ग्रेड वृद्धिको परीक्षा दिन पाउने भएको जनाएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!