राजापुर नगरवासीको सेवकको रुपमा काम गर्ने छु ः–नगर प्रमुख थारु ६ बुँदे योजनाहरु घोषणा पत्र सार्वजानीक
बर्दिया राजापुर
जेष्ठ ६
नव र्निवाचीत राजापुर नगरपालिका प्रमुख दिपेश थारुले राजापुर नगरवासीको सेवकको रुपमा काम गर्ने बताउनु भएको छ ।
आफ्नै मोटरसाईकल चडेर बर्दिया गुलरिया गोपनीयताको शपथ ग्रहण खान पुग्नु भएका राजापुर नगरपालिकाका नगर प्रमुख चौधरीले आफुले निर्वाचनको समयमा बोलेका कुरा यस ५ बर्षको अवधि भित्र पुरा गर्ने बताउनु भयो ।
वहाँले सुुक्रबार राजापुर नगरपालिकामा पदभार ग्रहण कार्यक्रममा बोल्दै विगतका दिनमा कतिपयले सिह आएको तर दरबार नआएको भन्ने सुन्नआएकोले जनताको सेवाका लागि हामीले सिह होइन दरवारकोरुपमा काम गर्नु पर्ने भएकोले अब कर्मचारी र जनप्रतिनिधी मिलेर जनताको पक्षमा काम गर्नु पर्ने बताउँदै कतिपय जनतालाई निवेदन लेख्न समेत नआउने त्यती खेर फिर्ता पठाउने गरेकोले अब निवेदनमा आउने टुटी सच्चाई जनतालाई छिटो छरितो काम गर्न वडा अध्यक्षहरुलाई पनि निर्देशन दिनु भएको थियो ।
सुक्रबार विहान मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाका प्रमुख लोक जंग शाहबाट पद तथा गोपनीयताको शपथ ग्रहण पछि नव र्निवाचीत नगर उपप्रमुख वडा अध्यक्ष तथा सदस्यहरुलाई गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले स्वागत गर्नु भएको थियो भने स्वागत मन्तव्य लेखा अधिकृत बसन्त मल्लले गर्नु भएको स्वागत तथा सपथग्रहण कार्यक्रमको संचालन प्रशासन शाखाका प्रमुख खड्क बहादुर ओलीले गर्नु भएको थियो ।
शपथ ग्रहणकार्यक्रम पछि १ देखी १० वटै वडाका वडा अध्यक्षहरुले वडा कार्यलयमा पुगी पदभार ग्रहण गर्नु भएको थियो ।
सुक्रबार राजापुर नगरपालिकामा उप प्रमुख वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लेखा अधिकृत तथा बिषयगत शाखाका प्रमुखहरु संग बैठक बस्नु भएको थियो ।
राजापुर नगरपालिकाका नव निर्वाचित नगरप्रमुख दिपेश थारु (राजेश) ले नगर प्रमुखको पद बहाली गरेसँगै सुक्रबार नै ६ बुँदे योजनाहरु घोषणा पत्र सार्वजानीक गर्नु भएको छ ।
६ बुँदे योजनाहरु घोषणा पत्रमा नगरपालिकामा सहिद पार्क निर्माण र द्धन्द्धकालमा बेपत्ता सहिद भएका परिवारलाई जिवीका पार्जनका लागि सीप र पुजिको व्यवस्था, सबै युवाहरुलाई माग अनुसारको सीप मुलक तालिम संचालन गर्ने, स्वास्थ्य कल सेन्टर राखी जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्ने, कृषि कल सेन्टर राखी कृषि पशु सेवा घर मै दिने सेवा दिने, कक्षा १२ सम्म नि शुल्क शिक्षा प्रदान गर्ने लगायत रहेकोछ । ६ बुँदे योजनाहरु घोषणा गदैै नगरप्रमुख थारुले सम्पूर्ण मतदाता र राजापुरबासीहरुमा धन्यवाद ज्ञापन गर्दै जनताको पक्षमा काम गर्ने बताउनुभएको छ ।
राजापुर नगरपालिकामा २०७९ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रबाट नगर प्रमुख उप प्रमुख गरी ६ वटा वडा जित हासिल गरी बहुमत प्राप्त गर्न सफल भएको छ ।
नेपोली काग्रेसबाट ३ र नेपाल कम्युनिष्ट पाटी एमालेबाट १ वडामा जितहासिल गरेको छ ।
२०७४ सालको निर्वाचनमा नगर प्रमुख उप प्रमुख र ३ वटा वडा मात्र जित्न सफल भएको थियो ।
राजापुर नगरपालिकाको १ नम्बर वडामा नेपाली काग्रेसबाट वडा अध्यक्ष बाबुराम चौधरी विजय हुनु भएको छ भने सोही वडामा महिला सदस्य नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रबाट शिला देवी थारु विजय हुनु भएको छ । वडा नं२मा नेपाली काग्रेसबाट राम चन्द्र चौधरी को प्यानल सहित ,नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रबाट वडा नं ३मा प्रसादु थारुको प्यानल, वडा नं ४मा विदुर पोखरेलको प्यानल, वडा नं ६मा असराज न्यौपानेको प्यानल ,वडा नं ७नेपाल कम्युनिष्ट पाटी एमालेबाट रामु थारुको प्यानल ,वडा नं ८मा राजेश थारुको प्यानल, वडा नं ९मा नेपाली काग्रेसका विष्णु प्रसाद थारुको प्यानल वडा नं १०मा शिबलाल थारुको प्यानल र नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र भएपनि स्वतन्त्ररुपमा उम्मेदवारी दिनु भएका वडा नं ५का वडा अध्यक्ष रमेश चौधरीलगायतको प्यानल विजय भएको छ ।