बर्दिया राजापुर
चैत्र २०
राजापुर बैक वित्तिय सहकारी कर्मचारी मञ्चले ईलाका प्रशासन कार्यालय राजापुर र ईलाका प्रहरी कार्यालय राजापुरलाई सोमबार ज्ञापन पत्र बुझाएको छ ।
राजापुर बैक वित्तिय सहकारी कर्मचारी मञ्चका अध्यक्ष हेम राज अवस्थीले ईलाका प्रशासन कार्यालय राजापुर र ईलाका प्रहरी कार्यालय राजापुरलाई घरदैलोमा वित्तिय सेवा प्रदान गर्न फिल्डमा खटिई कार्य गर्ने कर्मचारीहरुको लागि शान्ती सुरक्षा र शान्तीपुर्ण तवरबाट काम गर्न सुरक्षित कार्य वातावरणको सुनिश्चितता गर्न को लागि अपिल गदै सस्थाहरुले प्रवाह गरेको कर्जा मिनाहा हुन्छ, कर्जा तिर्नु पदैन, बैक तथा वित्तिय सस्थाको कर्मचारी गाँउमा आएको खण्डमा कोलो मोसो दल्ने , बैठक बस्न नदिने, कार्यालय तोडफोड गर्ने, कर्मचरीलाई कुटपिट गर्ने जस्ता अमानविय गैह्र जिम्मेवारी धम्किपुर्ण अभिव्यक्ति दिने समाजमा त्रास सृजना गरी सिगो समाजलाई नै भ्रमित गराई अराजकता तिर धकेली रहेकोले त्यस्ता कार्य गर्ने व्यक्ती तथा अराजक अवैधानिक समूहलाई यथाशिघ्र रोक लगाई कर्मचारीहरुलाई सहज रुपमा कार्य गर्ने वातावरण सृजना गरिदिन अनुरोध गदै सयूक्त ज्ञापन पत्र बुझाएको बताउनु भयो ।
राजापुरर गेरुवाका करिब २३ वटा लधुवित्त वित्तिय सस्थाका प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।