Loading... आजः बुधबार , चैत्र १२, २०८१

राजापुर र गेरुवामा तीन जना बेपत्ता


 

साउन ९

कर्णालीनदी र बुढी कुलोमा नुहाउन गएका तीन जना शुक्रबार बेपत्ता भएका छन् ।

Insert your Ads code here

गेरुवा गाउँपालिका–६ का १२ वर्षिय संजिप विक, उनकी बहिनी ८ वर्षिय दिलमाया विक कर्णाली नदीमा र राजापुर नगरपालिका–५ का २८ वर्षिय लालता प्रसाद चौधरी बुढी कुलोमा बेपत्ता भएका छन् । उनीहरु तीनै जना नुहाउने क्रममा नदीमा बेपत्ता भएका हुन ।
गेरुवा गाउँपालिका–६ का एकै घरका दाजु बहिनी कर्णाली नदीमा नुहाउने क्रममा बे’ पत्ता भएका छन् भने राजापुरका –५का चौधरी बुढी खोलामा नुहाउने क्रममा बेपत्ता भएका छन् ।
समाचार तयारपारुन्जेल सम्म तिनै जनाको लास फेला नपरेको ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाले जनाएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!