Loading... आजः शनिबार , श्रावण १२, २०८१

राजापुर लगायत बर्दियामा दिपावली


 

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव पारित भएपछि बर्दियाको राजापुर लगायत गुलरिया क्षेत्रहरुमा दिपावली गरिएको छ ।

Insert your Ads code here

राजापुर नगरपालिकाको राजापुर चोकबजारमा खुशीयाली मनाउदै नेकपाका नेता पाहाडी चौधरी, नेपाली काग्रेशका

 

क्षेत्रीय सभापति दिपक जङ्ग शाहले सयूक्तरुपमा मोमबत्ती बाली दिप प्रज्वलन गर्नु भएको थियो ।  दिप प्रज्वलन कार्यक्रम नेकपा, नेपाली काग्रेस र अन्य राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले प्रदेशको नाम लुम्बिनी र राजधानी दागको भालुवाङ्गमा बनाउने प्रदेश सरकारको निर्णय प्रति खुसीयाली मनाएका छन् ।

राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरीले आफ्नो फेसबुक मार्फत सम्पुर्ण नगरवासीहरुमा खुसी व्यक्त गदै प्रदेश सरकारका सम्पुर्ण सासदज्यूहरु प्रति स्वागत सहित धन्यवाद ज्ञापन गर्नु भएको छ ।
मंगलबार प्रदेश नम्बर ५को स्थायी राजधानी र नामाकरणका लागि भएको मतदानमा प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने निर्णय दुई तिहाईले पास गरेको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!