Loading... आजः शनिबार , श्रावण १२, २०८१

राजापुर वडा कप स्तरिय क्रिकेटप्रतियोगिताका बिजेता वडा नं ४


खेल अवधीभर सौगात खत्रीको चर्चा
असोज २४
बर्दिया राजापुर
राजापुर नगरपालिका वडा कप स्तरिय स्तरिय क्रिकेट प्रतियोगिता २०७८ राजापुरमा सम्पन्न भएको छ ।
राजापुर नगरपालिका वडा कप स्तरिय स्तरिय क्रिकेट प्रतियोगिता २०७८को विजेता राजापुर नगरपालिका वडा नं ४ बन्न पुगेको छ ।
फाईन खेल वडा नं ८ र ४बिच भएको खेलमा वडा नं ४ले व्याडिङ्ग गदै २० ओभरमा १०० रन पुराएकोमा वडा नं ८ले सबै बिकेट गुमाउदै ७८ रन बनाउन सफल भएको थियो ।

खेल अवधी भर सौगात खत्रीले ४ वडा म्यानअफद म्याच,बेष्ट बलरको उपाधी र म्यानअफ द सिरिजको उपाधी जित्दै चर्चा बटूल्न सफल भएका थिए ।त्यस्तै खेलमा बेष्ट ब्यासम्यानको उपाधी सुमितध्वज चन्दले प्राप्त गरेका थिए ।
विजय दशमी २०७८को पावन अवसरमा वडा स्तरिय युवा संज्याल वडा न ३ को आयोजनामा राजापुर नगरपालिका वडा नं ३को आर्थिक सहयोग तथा राजापुर स्पोर्टस क्लबको समन्वयमा असोज १७ गते बाट सुरु भएको खेलमा राजापुर नगरपालिका वडा न ३ टेडियाकोे खेल मैदानमा राजापुर नगरपालिका वडा नं ३,४,६,७,८ गरी ५ वटा वडाहरुको सहभागिता रहेको थियो ।

वडा स्तरिय युवा संज्याल वडा न ३ का अध्यक्ष दिक्षा विष्टको सभापत्तिमा सम्पन्न प्रतियोगिताका प्रमुख अतिथी वडा नं ३का अध्यक्ष विष्णु प्रसाद खनाल बिशिष्ट अतिथी वडा ४का अध्यक्ष रमन कुमार रेग्मी वडा नं ८का अध्यक्ष चिन्तामणी आचार्य वडा नं ३का वडा सचिब प्रकास वली रहनु भएको थियो ।
खेलको समापन कार्यक्रमको संचालन भरत चौलागाईले गर्नु भएकोथियो भने सभापति प्रमुख अतिथी र विशिष्ट अतिथीहरुबाट पुरस्कार मेडलर प्रमाण पत्र प्रदान गरिएको थियो ।
खेलमा विजेता टिमलाई नगदरु १५ हजार र उप विजेता टिमलाई रु ७ हजार ५सय सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
खेल लाई सफल बनाउन राजापुर राईस मिलका प्रो. गणेश खत्री र डागी ट्रेड एण्ड मेशिनरी कोहलपुरका युवक कुमार डागीले ट्रफि प्रायोजन गर्नु भएको छ । बेष्ट बलर, म्यानअफ द सिरिज, बेष्ट ब्यासम्यान पुरस्कारको व्यवस्था जेवी ट्रर्डसका प्रो .जितेन्द्र बहादुर शाह र मिडिया पार्टनरको रुपमा कोठियाघाट अनलाईन रहेको थियो ।
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!