Loading... आजः मंगलबार , फाल्गुन ६, २०८१

राजापुर ६४ किलो मिटर चक्रपथ निर्माणका लागि डि.पी.आर.को काम अन्तिम चरणमा


 

बर्दिया राजापुर / कातिक २६

Insert your Ads code here

        राजापुरनगरपालिका र गेरुवा गाउपालिकाको राजापुर चक्रपथ (रिङ्ग रोड) बाटोको कामहरु तिब्र गतिमा सुरु भएको छ ।
       राजापुर रिङ्ग नाम रहेको लुम्बिनी प्रदेश सरकारद्धारा ६४ किलोमिटर चक्रपथ ( रिङ्ग रोड) निर्माणको लागि डि.पी.आर.को काम अन्तिम चरणमा पुगेको हो ।


       राजापुर र गेरुवा गाउँपालिकामा ४२ किलो मिटर बाटोको डिपीआर गर्ने कामहरु सम्पन्न भइ सकेको सासद दिपेश थारु,का स्वकीय सचिब रमेश दहितले बताउदै अन्य बाटोको डिपीआर को काम तिब्रगतीमा भइरहेको र राजापुर नगरपािलका वडा नं. १० मगलपुर देखी गेरुवा गाउपालिका वडा नं. १ जनकनगर सम्मको २७ किलोमिटर बाटो निर्माणका लागि टेण्डर भइसकेको बताउनु भएको छ ।


             उक्त रिङ्गरोड अन्तगत राजापुर क्षेत्रमा केही विवाद सृजना भएपछि बुधबार प्रदेश सासद दिपेश थारु, राजापुरनगरपालिका प्रमुख शिब प्रसाद चौधरीद्धारा नयाँ खोल्ने बाटोको स्थलगत निरिक्षण गरि            सर्वदलिय बैठक बसी राजापुर नगरपालिकाको वडा नं ३ चख्खापुर देखी राममणी उपाध्यायको घर            अगाडी कल्भर्ट बाट टेडिया नर्सरी टोल हुदै भट्टी टोल भएर वडा नं ४ अन्नतपुर हुदै दलै हुलाकी सडक सम्म जोड्न निर्णय गरिएको छ ।

सर्वदलिय बैठकमा लुम्बिनी प्रदेशका सासद दिपेश थारु,राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरी वडा नं ४का अध्यक्ष रमन कुमार रेग्मी, वडा नं ३का अध्यक्ष बिष्णु प्रसाद खनाल, राजापुरनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त राज अधिकारी, ने.क.पा.का शिबमणी शर्मा ,नेपाली काग्रेशका दिपेन्द्र उपाध्याय, रा.प्र.पाका जिवराज रेग्मी, रा.प्रपाका राममणी उपाध्याय, लुम्बिनी प्रदेशका सासद दिपेश थारुका स्वकीय सचिब रमेश दहित, राजापुर नगरपालिका प्रशासन शाखा प्रमुख खड्ग बहादुर वलीको उपस्थित रहेको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!