पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहले आज (बिहीबा) सपत्नी भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरेका छन् ।
रानी कोमल राज्यलक्ष्मी शाहको ७०औँ जन्मदिनका अवसरमा उहाँकै इच्छाअनुसार भारतको अमृतसरस्थित ‘स्वर्ण मन्दिर’को दर्शन गर्नुभएको छ। गत बुधबार अर्थात फागुन ७ गते रानी कोमल शाह ७० वर्षमा प्रवेश गर्नुभएको छ।
राजपरिवारका सदस्यलाई स्वर्ण मन्दिर परिसरमा श्रीगुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह सिंहले स्वागत गरेका थिए। अधिराजकुमारी शोभा शाह र कुमार मोहन बहादुर शाही पनि स्वर्ण मन्दिर दर्शनमा राजपरिवारका साथ सहभागी हुनुहुन्छ।
Insert your Ads code here
गत आइतबार करिब दुई साताका भारत प्रस्थान गर्नुभएको राजा ज्ञानेन्द्र शाह अमृतसरबाट शनिबार दिल्ली फर्कने कार्यक्रम रहेको बताइएको छ।