Loading... आजः शनिबार , श्रावण १२, २०८१

राजा ज्ञानेन्द्रद्वारा सरकारी काेषलाई हिमानी काेष मार्फत दुई करोड सहयोग


फाइल तस्बिर

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा राजा ज्ञानेन्द्र साहले दुई करोड रुपैयाँ प्रदान गर्नुभएको छ। राजपरिवार सम्बद्ध हिमानी कोषमार्फत राजा ज्ञानेन्द्रले कोषलाई दुई करोड दिएको जानकारी मंगलबार विज्ञप्तिमार्फत् गराईएकाे हो।

विज्ञप्तिमा महामारीले देश र जनतामा सन्त्रास पैदा भएको उल्लेख गर्दै राजा ज्ञानेन्द्रले यो रकमको घोषणा गरेकाे उल्लेख छ। उहाँले विज्ञप्तिमा लकडाउनलाई बाध्यात्मक अनिवार्यताको संज्ञा दिनुभएको छ। उहाँले यसमा कोही पनि गैरजिम्मेवार हुनु नहुने कुरामा जोड पनि जाेड दिनुभएको छ।

Insert your Ads code here


जारी विज्ञप्तिमा भनिएको छ: ‘दुःख कष्ट र आपत–विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई दुई करोड रुपैयाँ दिएर नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा दाखिला गर्न बुझाएका छौँ। यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौँ।’

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!