हिमानी काेषले एक विज्ञप्ति जारी गर्दै राजा ज्ञानेन्द्र शाहले उपलब्ध गराउनु भएको दुई कराेड रुपैयाँकाे चेक प्रधानमन्त्रीले स्थापना गरेको कोरोना रोकथाम, राहत तथा उपचार कोषलाई अाज अाईतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईँमार्फत हस्तान्तरण गरेको जनाएको छ।
हिमानी काेषले जारी गरेको विज्ञप्तिमा लेखिएको छ:”हिमानी कोषले श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट उपलब्ध २ करोड रुपैया प्रधानमन्त्रीले स्थापना गरेको कोरोना रोकथाम, राहत तथा उपचार कोषमा आज मितिः २०७६ चैत ३० गते रकम हस्तान्तरण गरेको छ। हिमानी कोषका कर्मचारीहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव श्री महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझिलिनु भयो।
Insert your Ads code here
रकम हस्तान्तरण गर्दै हिमानी कोषले कोभिड १९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सहि सदुपयोग होस् भन्ने हिमानी कोष र श्री ५ महाराजाधिराजको चाहना रहेको हिमानी कोषले जानकारी गराएको छ।
यो राहत रकम हस्तान्तरणसँगै कोषले आगामी दिनमा कोभिड १९ विरुद्ध नेपालीलाई राहत र सहयोगको कार्य जारी राख्नेछ।”
हिमानी काेषले जारी गरेको विज्ञप्तिमा हस्ताक्षर र कार्यालयकाे छाप छैन। यसअघि हिमानी काेषले प्रयोग गर्ने भाषा र यसपटक प्रयोग गरिएको भाषामा पनि फरक देखिएको छ। हिमानी काेषकाे विज्ञप्तिमा राजा ज्ञानेन्द्र शाहलाई श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सम्बाेधन गरिएको छ।