Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

राजा ज्ञानेन्द्र अाँफैले गाडी चलाएर झापाबाट साढे अाठ घण्टामा काठमाडौं


राजा ज्ञानेन्द्र वीर विक्रम शाह झापाबाट आफैंले गाडी चलाएर आज (२ जेठ) बेलुका पाँच बजे निर्मल निवास आइपुग्नु भएको छ। बिहान ८ः३० बजे झापाबाट बडामहारानीसङ्गै हिँड्नुभएका उहाँको गाडी महोत्तरीको बर्दिबास आएर मात्र रोकिएको थियो।

बर्दिबासस्थित प्रहरी परिसरमा दिउँसोको खानाका लागि उहाँहरू रोकिनुभएको थियो। बर्दिवासस्थित प्रहरी परिसरमा झापाबाट अाँफैले ल्याएको खाना खानुभएको थियो। करिव एकघण्टा खानाको लागि रोकिएपछि बीपी राजमार्गको बाटो भएर उहाँहरू काठमाडौँ आउनुभएको र उक्त घुमाउरो सडकमा पनि उहाँले नै गाडी चलाउनुभएको थियो।

उमेरले एकहत्तर वर्ष पूरा राजाले यसरी झापाबाट काठमाडौंसम्म निरन्तर गाडी चलाएर अाएबाट उहाँको आत्मविश्वास उजागर भएको छ। उहाँहरू निर्मल निवास प्रवेश गर्नुहुँदा बेलुकाको पाँच बजेको थियो। ब्यवसायिक चालकलाई समेत नौ घण्टाभन्दा बढी लाग्ने सडकको यात्रा उहाँले साढे आठ घण्टाभन्दा कम समयमा पूरा गर्नुभएको छ।

Insert your Ads code here

यसैबीच राजा ज्ञानेन्द्र शाहको पास खारेज गरिएको समाचार सार्वजनिक भएपछि राजाका पक्षमा जनसमर्थन ह्वात्तै बढेको देखिएको छ। पछिल्लो समय सार्वजनिक भइरहेका भ्रष्टाचार अराजकता सरकारी संरक्षणमा भइरहेका खुला अपराध र निषेधकाे राजनीतिले नेपाली जनताले यो ब्यवस्थाभन्दा राजाको अवस्थामा सहज थियो भन्ने महशुस मात्रै गरेका देखिदैन कि उनीहरूले अहिले र त्यतिबेलाकाे अवस्थाकाे तुलना गर्न थालेको पनि पाइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!