Loading... आजः शनिबार , श्रावण १२, २०८१

राज्य बाहिरबाट आउने श्रमिकहरूको आँकडा सही नआएकोमा खाद्य सामाग्री वितरणमा ढिलाइ भएको हो- डीजीएम रम्फू


गान्तोक, 15 अप्रेल। सिक्किम नेश्नलाइज ट्रान्स्पोर्ट (एसएनटी) रम्फूका डिप्टी जेनेरल मेनेजर मिलन शिलवालले राज्यव्यापी लकडाउनको समयमा रम्फू एसएनटीले जनतालाई पुऱ्याइरहेको सेवाहरू बारे जानकारी दिए। आज रम्फू स्थित एसएनटी अफिसमा समय दैनिकसँग कुरा गर्दै डीजीएम शिलवालले भने, रम्फू एसएनटीले टेङ्कर्स र ट्रकमाथि धेर काम गरिरहेको छ। लकडाउनमा खाने सामाग्रीहरू रम्फू एफसीआईबाट राज्यका विभिन्न स्थानमा पुऱ्याउने गरेको र आवश्यकमन्द स्थानमा पुऱ्याउने काम गरिरहेको छ। प्रशासनले माइग्रेट लेबरहरूलाई उनीहरूको स्थानमा पुऱ्याइदिने निर्देश दिएको हुन्छ एसएनटी रम्फूले उनीहरूलाई सम्बन्धित स्थानमा पुऱ्याइदिने गरेको छ। यसरी नै बाहिरबाट सामाग्रीहरू ल्याउने वाहनहरूलाई सेनिटाइज गर्ने विषयमा बोल्दै उनले भने, सिक्किम सरकारले स्वास्थ्य विभागलाई यो जिम्मेवारी दिएको छ तर एसएनटीको तर्फबाट वाहनहरूलाई सेनिटाइज गर्ने काम एसएनटीले नै गरिरहेको र त्यसमा स्वास्थ्य विभागले पनि सहयोग गरिरहेको छ। यसरीनै एसएनटी रम्फूका वाहनहरू सिलगडी जाँदै आउँदै गर्दैछन्, डिजल पेट्रोल लिएर फर्वर्ड एरिया, बोर्डर एरियामा जाने काम गर्दैछन्। एसएनटीले वाहन चालकहरूलाई सुरक्षति र वाहनहरूलाई सेनिटाइज गरेर कोविड-19 को प्रकोपको जुन जनतामा रहेको आशङ्का छ त्यसलाई दूर गर्दै आइरहेको छ।
राज्यका मुख्यमन्त्रीले देशमा फैलिँदै गरेको कोरोनाको सङ्केतलाई ध्यनमा राख्दै सिक्किममा देशमा भन्दा अघि लकडाउन गराएका हुन् भन्दै राज्य सरकारले यदी यो कार्य अगावै नगरेको भए सिक्किमलाई पनि आपत आइपर्ने बताए। उनले भने, जनताले सामान लिन बाहिर गएका वाहनहरूले बिमार बोकेर ल्याउँछन् भन्ने कुरामा सफाई दिँदै भने, जनताको मनमा त्यो शङ्का आउनु उचित हो। सिक्किमबाट सामाग्रीहरू लिन बाहिर गएका वाहन चालकहरूलाई कहीं बस्ने अनुमति छैन। उनीहरू सोझै आफ्नो लक्षित स्थानमा जान्छन र सोझै फर्किएर राज्य आउँछन्। उनीहरूलाई रङ्गालमा पनि सेनिटाइज गरिन्छ र सक्किममापनि सेनिटाइट गरिन्छ। उनीहरू सुरक्षित फर्किएर आउंछन् र जान्छन् पनि। खाद्यान्नहरू स्थानमा नपुगेको कुराहरूमाथि उनले भने, अहिले बाहिरबाट आएर काम गर्ने श्रमिकहरूको आँकडा राम्रोसँग नआएको कारण यो समस्या भएको हो। अहिले कुनै ठाउँमा ब्रेक डाउन भएको छ भने त्यो चाहिं सौझै मजदूरहरूको आँकडामा आएर हो। यदी बाहिरबाट आएर काम गर्ने मजदूरहरूको आँकडा सही आएको भए कुनै समस्या नहुने बताए। उनले राज्य सरकारले मगाएका सामाग्री अनि वितरण गर्न पुग्ने सामान सबै आइपुगेको थप बताएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!