Loading... आजः शनिबार , श्रावण १२, २०८१

राज्य बाहिर गएर आएका मुसलमानहरूले जिल्ला प्रशासनसित सम्पर्क गरुनः एसडीएम


गान्तोक, 2 अप्रेल। नयाँ दिल्लीको निजामुद्दीन मस्जिदको घटनाले देशलाई त्रसित बनाएको अवस्थामा सिक्किमले पनि सावधानी अवलम्बन गर्दै इस्लाम समुदायको बाहुल्य रहेको क्षेत्रलाई पछिल्लो 15 दिन भित्र राज्य बाहिर विशेष गरेर दिल्ली भ्रमणमा गएकाहरूलाई तुरन्तै जिल्ला प्रशासनसित सम्पर्क गरिदिने गान्तोक महकुमा प्रशासनले शुरु गरेको छ। यसै क्रममा आज गान्तोक महकुमा अधिकारी रवीन सेवा, अतिरिक्त जिल्लापाल अनन्त जैनको दलले राजधानी गान्तोकको जामा मस्जिद परिसरमा बसोबासो गर्ने मुस्लिम समुदायको बस्तिमा पुगेर राज्य बाहिर गएर आएको मानिसहरू भएमा तुरन्तै जिल्ला प्रशासनलाई सम्पर्क गर्नुपर्ने घोषणा गरेको छ। मस्जिद परिसरमा माइकिङ गर्दै तुरन्तै जिल्ला प्रशासनसित सम्पर्क गरेर आफूहरूको स्वास्थ्य जाँच गराउनुपर्ने अनि प्रशासनले सबै सुविधा सित उपचार र जाँच प्रक्रिया पूरा गर्ने बताए। यद्यपी कसैले आफूहरू बाहिर गएर आएको भएपनि जाँच नगराउने र कुरा लुकाउने प्रयास गरेको खण्डमा कडाभन्दा कडा कानुनी कार्वाही गर्ने पनि चेतावनी दिए। प्रशासनले जिल्ला प्रशासनको हेल्पलाइन नम्बर सार्वजनिक गर्दै तुरन्तै नम्बरमा सम्पर्क गरेर आफ्नो उपस्थिति सार्वजनिक गर्ने आह्वान गरेका छन्। अर्कोतिर मुस्लिम बाहुल क्षेत्रमा माइकिङपछि पत्रकारहरूसित कुराकानी गर्दै एसडीएम सेवाले यो कारवाही सबैको हितको निम्ति गरिएको अनि जनता जागरुक भएर आफैले यदी कसैले राज्य बाहिर भ्रमण गर्ने तथा दिल्लीको मस्जिदको कार्यक्रममा सहभागि भएको या उक्त ठाउँमा सहभागि बनेर आएकाहरू छन भने प्रशासनलाई खबर गरिदिनुपर्ने जिम्मेवारी बहन गरिदिने अनुरोध गरिएको बताए। उनले स्पष्टरूपमा यदी कसैले पनि यस्तो कुरालाई लुकाउने प्रयास गरेको खण्डमा अहिले सरकारले तय गरेको कानुन अनुसार कडा कार्वाही गर्न प्रशासन बाध्य हुनेपनि बताए। अर्कोतिर विशेष सूत्र अनुसार राज्यको अन्य मुस्लिम बाहुल क्षेत्रहरूमा पनि सतर्कता वलम्बन गरिँदैछ भने केही व्यक्ति निजामुद्दिन मस्जिदकाण्ड सित सम्बन्धित भएको बताइँदैछ। अर्कोतिर गुप्तचर विभागको पनि यस सम्बन्धमा इनपुट दिइरहेको आधिकारिक सूत्रले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!