Loading... आजः शनिबार , श्रावण १२, २०८१

राज्य सरकारका कार्य योजनाबारे समीक्षा


गान्तोक, 01 जुलाई।सिक्किमका मुख्य सचिव एससी गुप्ताको अध्यक्षतामा आज राज्यस्तरीय टास्क फोर्सको बैठकको आयोजन गरियो। टाशीलिङ सचिवालयमा आयोजित उक्त बैठकको उद्देश्य केन्द्रिय गृह मन्त्रालयद्वारा जारी गरिएको अनलक 2.0 सम्बन्धी दिशानिर्देश अनुरूप राज्य सरकारका कार्य योजनाबारे समीक्षा गर्नु रहेको थियो।
बैठकमा टास्क फोर्सका सदस्यहरू उपस्थित थिए भने सबै जिल्लाका जिल्लापालहरू भिडियो कन्फ्रेन्समार्फत सहभागी बनेका थिए। मुख्य सचिवले नयॉं दिशानिर्देशबारे जानकारी गराउॅंदै यो नयॉं दिशानिर्देश एक जुलाईदेखि 31 जुलाईसम्मको निम्ति लागू भएको बताए।
उनले अधिकारीहरूलाई नयॉं दिशानिर्देशको कड़ा अनुपालनमाथि बल दिए। बैठकमा नयॉं दिशानिर्देशबारे विस्तारपूर्वक चर्चा गरियो। उनले सिक्किम ​फर्किन चाहनेहरूले अगावै पञ्जीकरण गर्नु आवश्यक रहेको र स्वास्थ्य विभागको प्रोटोकलअनुसार अनिवार्यरूपमा एकान्तवासमा बस्नुपर्ने बताए।
बैठकमा मुख्य सचिवले अब 50 प्रतिशत कर्मचारीहरूको उपस्थितिमा सरकारी कार्यालयहरू सञ्चालन गरिने बताए। यसैगरी, उनले विभिन्न विभागीय प्रमुखहरूसित पनि बैठक गरे, जसको उद्देश्य प्राकृतिक आपदाले पुऱ्याएको क्षयक्षतिबारे विस्तृत रिपोर्ट तयार गर्नु रहेको थियो। बैठकमा अतिरिक्त मुख्य सचिव वीबी पाठक र डीजीपी ए. सुधाकर राव पनि सहभागी बनेका थिए।
मुख्य सचिवले राज्यका विभिन्न ठाउॅंहरूमा भल पैह्रोले पुऱ्याएको क्षयक्षतिबारे जानकारी लिए। उनले अधिकारीहरूलाई संवेदनशील अनि प्रभावित क्षेत्रहरू चिन्हित गर्न लगाए, ताकि तत्काल ध्यान केन्द्रिय गर्न सकियोस। उनले उत्तर सिक्किमको पासिङदाङ गाउॅंका पैह्रो प्रभावित मानिसहरूलाई स्थानान्तरण गर्न जिल्लापाललाई सुरक्षित ठाउॅं चिन्हित गर्न निर्देश दिए।
यसैगरी, उनले जिल्लापाललाई प्राकृतिक प्रकोप उन्मुख बे अनि सिपग्येरका मानिसहरूलाई पनि पुनर्स्थापना गर्न निर्देश दिए। बैठकमा मुख्य सचिवले विभागीय प्रमुखहरूलाई प्राकृतिक आपदाले पुऱ्याएको क्षयक्षतिबारे विस्तृत रिपोर्ट तयार गरेर आगामी 5 जुलाईसम्म राहत आयुक्तलाई बुझाउन पनि गर्न निर्देश दिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!