Loading... आजः शनिबार , श्रावण १२, २०८१

रातभरिको हात्तीसुँडे पानीले उर्लियो रङ्गित नदी, क्रसर मेसिन प्लान्टसहित करोडौंको क्षति


गान्तोक०६ अगस्त । पश्चिम सिक्किमको लेकशेपमा बुधबार राति रङ्गित नदीको जलस्तर ह्वात्तै बढ्नाले नदी नजिक बसोबास गरेका बासिन्दाहरु अतङ्कित बनेका छन् । यहाँको प्रशिद्ध किराँतेस्वर शिव मन्दिर निक्कै नै खतरामा परेको छ। हात्तिसुँडे पानीले नदी बडेर ताण्डव मचाए पछि धेरैजना घर छोडेर बाहिर निस्केका थिए। मुख्य रुपमा लेगशेप बजार , शिवधाम, रेसी बजार, रोथक, पिपले, बैगुणे, सिप्सु, सिकिप, सँगसँगै रंगीत छेउछाउमा बसोबास गर्ने मानिसलाई रंगीत नदीले निकै त्रासित बनाएको थियो। कति ठाउँका मानिसहरुलाई राती नै पुलिसले सुरक्षित स्थानमा लगेर राखेको रिपोर्ट प्राप्त भएको छ।
नयाँ बजार पुलिसले पनि बाढीले खतरा उत्पन्न गर्नसक्ने अनुमान लगाउँदै राती नै मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। हिज बेलुकी लगभग ०५ बजेदेखि लगातार नौं घण्टासम्म परेको पानीले राज्यको दोस्रो प्रमुख नदी बडेको हो। गत बर्षको तुलनामा यस बर्ष निक्कै पानी परेको र जलको मात्रा पनि निक्कै नै अनुमान लगाइएको छ । यस बाहेक पश्चिम जिल्लाको प्राय जसो सड़क मार्गहरु बन्द रहेका छन् । पश्चिमका अधिकांश स्थानमा बिजुली बत्ती अनि मोबाइल टावरसम्म बन्द भएको थियो भने गएको रात पश्चिमका आम नागरिकको निम्ति एक चुनौतीपूर्ण रात बन्यो । समाचार लेखुन्जेलसम्म यस प्राकृतिक भवितव्यले कुनै ज्यानमालको क्षति भएको रिपोर्ट भने प्राप्त भएको छैन। केही स्थानमा धनमालको भने क्षति भएको समाचार प्राप्त भएको छ ।मुख्य गरि सड़कमार्ग धेरै स्थानमा भत्किएको समाचार छ एक गाउँदेखि अन्य गाउँसंग जोडिएका लिङ्क सड़क र खहरे खोल्साहरु भत्किदा धेरै जसो मानिसहरूको अलैंची बारी र बारीको तुलफुल नष्ट भएको छ।

यसैगरी गत वर्षभन्दा सामान्य जलस्तर भन्दा तीन गुणा बढी नदीमा जलस्तर बढेको हुँदा करोडौं रुपियाँ बराबर नोक्सानी भएको अनुमान लगाइएको छ। बैगुणे नजिक रहेको घुमाउने स्टोन क्रसर प्लान्ट र मिक्सर प्लान्ट बगाएर नामनिशान मेटाइदिएको छ। उक्त स्टोन क्रसर प्लान्ट र मिक्सर प्लान्टका मालिक बुढियाखोप निवासी राजेश कुमार खड्का हुन्। अचानक उर्लिएर आएको रङिगत नदीले खड्काको करोडौं रुपियाँ बराबरको मेसिनहरु सबै बगाएर लागेको बताइएको छ। उक्त स्थानमा दुई करोड पचास लाख रुपियाँको एउटा स्टोन क्रसर प्लान्ट, एउटा जेसीबी मेसिन, एक करोड पचास लाख मूल्यको मिक्सर प्लान्ट पनि रंगीतले बगाएर लगेको बताइएको छ। यस अतिरिक्त प्लान्टमा रहेका लाखौं रुपियाँ बराबरको दस, बीस र चालिस एमएम गिटी बगाएर स्वाहा बनाएको छ। प्लान्टमा रहेका शौचालयसहित लाखौं रुपियाँ बराबरको जमीन नाम निशान मेटाएर बगाएको भनाई पीडित पक्षको छ। उल्लेख, घुमाउनेस्थित स्टोन क्रसर र मिक्सर प्लान्ट रङ्गित नदी छेवैमा रहेको थियो। यसै प्लान्टबाट धेरै मानिसहरुले गिटी र बलुवा ल्याउने गर्थें। सरकारी पूर्वाधारहरु निर्माणको लागि पनि निकै जसो यहाँबाटै गिटी बालुवा लाने गरिन्छ । (केएन शर्मा)

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!