Loading... आजः शनिबार , श्रावण १२, २०८१

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति राजाद्वारा दुःख व्यक्त


राजा ज्ञानेन्द्र वीर विक्रम शाहले २०७७ भदौ ३ गते विज्ञप्ति जारी गर्दै देशभक्ति र प्रकृति प्रेममा आधारित राष्ट्रकवि माधवप्रसाद घिमिरेका अनेकौं काब्य कृति सदापठनिय र मननीय छन् भन्दै राजाज्ञानेन्द्रले उहाँको निधनले नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको कुरा उल्लेख गर्नुभएको छ।

राजा ज्ञानेन्द्र शाहद्वारा जारी विज्ञप्तीमा लेखिएको छ:
“पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र बीर बिक्रम शाहदेवबाट निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरिबक्सेको छ। देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काब्य कृति सदापठनिय र मननीय छन् भन्ने कुरा दर्शाइबक्सदै मौसूफबाट उहाँको निधनले नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको कुरा व्यक्त गरिबक्सकेको छ। साथै, मौसफूबाट दिवङ्गत आत्माको चिर शान्तिको कामना गरिबक्सदै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिबक्सेको छ।”

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!