Loading... आजः शनिबार , श्रावण १२, २०८१

राष्ट्रकवि माधवप्रसाद घिमिरे निधनमा राष्ट्रपति तथा प्रम लगायतबाट शाेक ब्यक्त


राष्ट्रकवि माधवप्रसाद घिमिरे निधन भएपछि नेपाल सरकारका राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा अाेली, प्रमुख सचेतक देव प्रसाद गुरुङ, नेता डा. भीम रावलले राष्ट्रकविकाे याेगदानकाे चर्चा गर्दै समवेदना ब्यक्त गर्नुभएको छ।

राष्ट्रपति विद्या देवी भण्डारीले ट्विट गर्दै लेख्नुभएको छ: “राष्ट्रकवि माधवप्रसाद घिमिरेको दु:खद् निधनको खबरले स्तब्ध भएको छु। काव्य र कविताको माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पुर्‍याउँनु भएको योगदानलाई हामी सधैँ सम्झिरहने छौं। दिवंगत राष्ट्रकविप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा गहिरो समवेदना !”

यसैगरी, प्रधानमन्त्री केपी शर्मा अाेलीले अाफ्नाे शाेक सन्देशमा लेख्नुभएको छ: “राष्ट्र कवि माधवप्रसाद घिमिरेकाे १०२ बर्षकाे उमेरमा आज दुःखद निधन भएकाे छ। उहाँकाे अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्। शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु ।साथै शाेक सन्तप्त परिवार र आफन्तजनमा गहिराे समवेदना व्यक्त गर्दछु।

Insert your Ads code here

अाफ्नाे फेसबुक पेज मार्फत नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देव प्रसाद गुरुङले लेख्नुभएको छ: “राष्ट्रकवि माधव घिमिरे प्रति भावपूर्ण श्रद्वान्जली! शोक सन्तप्त परिवारजनमा समवेदना!” यस्तै, नेकपा नेता डा. रावलले लेख्नुभएको छ: “राष्ट्र कवि माधवप्रसाद घिमिरेप्रति हार्दिक श्रध्दाञ्जलि र उहाँका शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना !” यसैगरी पूर्वअर्थमन्त्री तथा युवा नेता सुरेन्द्रप्रसाद पाण्डेले पनि राष्ट्रकवि माधव घिमिरे प्रति हार्दीक श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!