Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

राष्ट्रपति र उद्योगी व्यवसायीहरूबीच कोरोना महामारीमा अर्थतन्त्रबारे छलफल


नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग समसामयिक विषयमा आइतबार छलफल गरेका छन्। विश्वव्यापी महामारीको रुपमा रहको कोभिड १९ पछि नेपालका उद्योग व्यवसायहरुमा परेको प्रभाव र त्यसबाट उद्योग व्यवसायले भोग्नु परेको समस्याहरुको सम्बन्धमा छलफल केन्द्रित रहेको परिसंघले जनाएको छ। परिसंघका पदाधिकारीहरुले राष्ट्रपति समक्ष कोभिडको महामारीबाट जोगिनको लागि लकडाउन वा निषेधाज्ञा जस्ता व्यवस्थाहरु अवलम्बन गरी संक्रमण रोकथामको प्रयास गर्नु भन्दा कर्मचारीहरु र कामदारको मनोवल उच्च बनाई सुरक्षा उपायहरु अवलम्बन गरी कोभिडको साथमा नै उद्योग व्यवसाय तथा बजारहरु सञ्चालन गर्नुपर्ने माग राष्ट्रपति समक्ष राखेको नेपालखबर अनलाइनले जनाएको छ।

छलफलमा उद्योग प्रतिष्ठानहरुले राजश्व दाखिला गर्ने सम्बन्धमा सरकारलाई सधैँ सहयोग गर्दै आइरहको र यस अघिपनि उल्लेख्य राजश्व दाखिला भएको जानकारी गराउँदै वर्तमान अवस्थामा सिर्जना भएको असहज परिस्थितिलाई मध्यनजर गरी तोकिएको समयावधी भन्दा एक महिना बढीको समय थप गर्ने व्यवस्थाको लागि समेत अनुरोध गरेको थियो। यसबाट निषेधाज्ञा जारी भएको अवस्थामा राजश्व दाखिला गर्नबाट बञ्चित उद्योगी व्यवसायीहरुलाई सहज हुने धारणा परिसंघको रहेको थियो।

परिसंघका पधाधिकारीहरुले उद्योगमा कार्यरत कर्मचारी र मजदुरहरुलाई सरकारले तोकेका सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्न लगाउने र कोभिडको संक्रमणबाट जोगाउनको लागि उद्योगी व्यवसायीहरु प्रतिवद्ध रहेको जनाएका थिए। यस्तो विषम परिस्थितिमा कर्मचारी र कामदारहरुको हौसला बढाई काममा लगाउनु पर्ने परिसंघको धारणा थियो।

Insert your Ads code here

उनीहरुले उद्योगमा कार्यरत कर्मचारी वा कामदारमा संक्रमण भेटिएमा कन्ट्याक ट्रेसिङको आधारमा कर्मचारी तथा कामदारको पीसीआर टेष्ट गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्थाको लागि राष्ट्रपति समक्ष आग्रह गरेका थिए। कोभिडको महामारीबाट पर्यटन क्षेत्रपनि नराम्ररी प्रभावित भएको परिसंघका पदाधिकारीहरुले राष्ट्रपतिसमक्ष जानकारी गराएका थिए। पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटन गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्नको लागि राष्ट्रपति समक्ष अनुरोध गरिएको थियो। कुनै पनि पर्यटक नेपाल प्रवेश गर्दा हाल भएको चौध दिनसम्मको क्वारेन्टिनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टिनको व्यवस्था गर्नु पर्ने र तीनदिनको क्वारेपन्टिन पछि सम्बन्धित पर्यटकको पीसीआर टेष्ट गरी परीक्षण नेगेटिभ आएमा निर्वाधरुपमा घुमफिर गर्ने व्यवस्था मिलाउनु पर्ने माग गरेका थिए।

छलफलमा राष्ट्रपतिबाट उद्योगी व्यवसायीहरुको सुझावहरुलाई सकारात्मकरुपमा लिई त्यसको कार्यान्वयमा सहयोग गर्ने धारणा व्यक्त गरेकी परिसंघका अध्यक्ष सतिश कुमार मोरले जनाउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!