Loading... आजः शनिबार , श्रावण १२, २०८१

राष्ट्राध्यक्ष सीः हुपैलाई थप समर्थन दिइने


चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको वार्षिक अधिवेशन पैचिङमा आयोजित भइरहेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले हु पै प्रान्तीय प्रतिनिधि मण्डलको बहसमा भाग लिनुभएको छ। सो अवधिमा उहाँले महामारी पश्चात् हु पै प्रान्तको पुनरूत्थानलाई दिने समर्थनमा निरन्तरता दिँदै नीतिगत श्रेष्ठतालाई विकासको श्रेष्ठतासम्म परिणत गर्ने जोड दिनुभएको छ।

चीनमा महामारीबाट सबभन्दा प्रभावित र लकडाउन समय सबभन्दा लामो भएको प्रान्त हु पैको आर्थिक पुनरूत्थानसामु ठूलो कठिनाइ देखा पर्‍यो। अप्रिल २९ तारिख केन्द्रीय समितिको विशेष सम्मेलनमा शृङ्खलाबद्ध नीतिहरू, बित्त तथा कर , मौद्रिक ऋण, लगानी र वैदेशिक व्यापार लगायतका विविध क्षेत्रमा ठोस कदम चाल्ने निश्चित गरियो।

Insert your Ads code here

मे २४ तारिख राष्ट्राध्यक्ष सीले पुष्टि गर्नुभएको छः राष्ट्रिय तथा क्षेत्रीय विकासमा हुपै प्रान्तको महत्वपूर्ण स्थानको परिवर्तन हुँदैन। विशेष गरी मझौला र स-साना उद्यमहरूसामु देखा परेका कठिनाइहरूलाई हटाउन सहयोगदिनुपर्छ। उपभोक्तालाई प्रोत्साहित विविध कदमको कार्यान्वयन गर्दै महामारीबाट ल्याइएको क्षति सबभन्दा कमसम्म घटाउनुपर्छ। विश्वविद्यालयबाट स्नातक विद्यार्थीहरूको रोजगारीमा महत्व दिँदै बाँकी गरिबहरू गरिब अवस्थाबाट मुक्त गराउने कार्यलाई पूरा गर्नुपर्छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!