Loading... आजः शनिबार , श्रावण १२, २०८१

राष्ट्राध्यक्ष सीको भनाइबाट चिनियाँ कम्युनिष्ट पार्टीको वचनबद्धता स्पष्ट देखिएको


सेप्टेम्बर ८ तारिख बिहान दश बजे कोभिड-१९ प्रतिरोध सम्मान समारोह पैचिङको जन वृहत् सभा भवनमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रिय पदक प्राप्त गरेका सम्मानीय व्यक्तिहरूलाई पदक प्रदान गर्नुका साथै महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।

सम्बोधनमा चिनियाँ जनताले कोभिड-१९को प्रतिरोधको क्रममा विभिन्न मुलुकका नेतागण, विभिन्न मुलुकका सरकार, विभिन्न पार्टी, संयुक्त राष्ट्र संघका सम्बन्धित संगठन, केही क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्था, विदेशी कम्पनी र अन्तर्राष्ट्रिय मित्रले विभिन्न तरिका मार्फत चिनियाँ जनतालाई सदिच्छापूर्ण सोधनी पठाएकोमा राष्ट्राध्यक्ष सीले चिनियाँ सरकार र चिनियाँ जनताको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको छ।

Insert your Ads code here

सम्बोधनमा उहाँले कोभिड-१९को प्रतिरोधमा चीन र विभिन्न मुलुकको सहयोगलाई उच्च ध्यान दिनुभएको व्यक्त गर्नुभएको छ। चिनियाँ जनताले कोभिड-१९को प्रतिरोध गर्ने क्रममा नेपालको सरकारदेखि विभिन्न पार्टी, गैरसरकारी संगठन, विभिन्न मित्रले विविध तरिकामार्फत चिनियाँ जनतालाई सान्त्वना र शुभकामना पठाएका थिए। आपसी सहयोगको भावना अपनाएर चीनले पनि नेपाललाई कोभिड-१९ फैलिएपछि धेरै पटक सहयोग गरेको छ। यस वर्षको मार्चदेखि चिनियाँ सरकार, चिनियाँ जन मुक्ति सेना, चीनको तिब्बत स्वायत्त प्रदेश र केही सामाजिक संगठन तथा निजी कम्पनीले पनि नेपाललाई उद्धार गरेका थिए। चीनले धेरै चिकित्सा सामग्री, कोरोना भाइरस परीक्षण सामग्री, मास्क तथा अन्य सामान नेपाललाई प्रदान गरेको थियो। यसका साथै कोभिड-१९को रोकथाम र उपचार गर्न चीन र नेपालबीच पनि धेरै पटक इन्टरनेट बैठकको आयोजना गरी अनुभव आदानप्रदान गरिएको थियो।

चीनले कोभिड-१९को रोकथाम र नियन्त्रणमा ठूलो दवाव देखिएको अवस्थामा पनि सम्भव भएसम्म अन्तर्राष्ट्रिय समाजको उद्धार गरेको थियो। चीनले विश्व स्वास्थ्य संगठनलाई पाँच करोड अमेरिकी डलरको रकम प्रदान गर्नुका साथै ३२ वटा मुलुकमा ३४ चिकित्सा विशेषज्ञ टोली पठाएको थियो। यसै गरी १५० वटा मुलुक र चार वटा अन्तर्राष्ट्रिय संगठनमा २८३ पटक उद्धार सामाग्री पठाउनुका साथै २०० भन्दा बढी मुलुक र क्षेत्रमा पनि कोभिड-१९को प्रतिरोध सामग्री पठाइएको थियो। मार्च १५ तारिखदेखि सेप्टेम्बर ६ तारिखसम्म चीनबाट जम्मा गरी १ खर्ब ५१ अर्ब ५० करोड मास्क, १ अर्ब ४० करोड प्रतिरोध पोशाक, २३ करोड प्रतिरोध चश्मा, ४७ करोड कोरोना भाइरस परीक्षण बक्स निर्यात गरिएको थियो, जसले विश्व कोभिड-१९को प्रतिरोधमा समर्थन दिएको थियो। चीनले मानव जाति भाग्य एकरूपताको प्रस्ताव प्रस्तुत गरेकोले वास्तविक व्यवहारमार्फत विभिन्न मुलुकलाई मद्दत दिएर धेरै जनाको ज्यान बचाएको छ। यस व्यवहारबाट चीनले मानव जाति भाग्य एकरूपताको स्थापना गर्ने इच्छा देखाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!