Loading... आजः शनिबार , श्रावण १२, २०८१

राष्ट्रिय एकता र उच्च मनोबलका साथ सामना गर्न प्रचण्डको अनुरोध


फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपील गर्नुभएको छ।

उहाँले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ।

Insert your Ads code here

दाहालले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन सरकारसँग पनि आग्रह गर्नुभएको छ। अध्यक्ष दाहालले राष्ट्रिय एकता र उच्च मनोबलका सामना गर्न सबैमा अनुरोध गर्नुभएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!