राष्ट्रीय अनुसन्धान विभाग पूर्वकर्मचारी संघ नेपालद्वारा मास्क हस्तान्तरण
देश र जनताको रक्षाका निम्ति रातदिन खटिरहेेेका राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई मानव मात्रको शत्रुका रुपमा देखापरेको कोरोनाको संक्रमणबाट बँचेर कर्तव्य पालनामा खटिरहन सघाउ पुगोस भन्ने उद्देश्यले “राष्ट्रीय अनुसन्धान विभाग पूर्व कर्मचारि संघ नेपाल” ले केहि सहृदयी मित्र र दाताहरुलाइ आग्रह गरी संकलन गरेको करिब “पाँच हजार गोटा सर्जिकल मास्क” आज मिति 2076 साल चैत्र 27 गते राष्ट्रीय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारीलाई संघको तर्फबाट हस्तान्तरण गरेको छ।
पाँच हजार गोटा सर्जिकल मास्क राष्ट्रीय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारीलाई संघको तर्फबाट हस्तान्तरण गरेको सम्बन्धमा राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माले अाफ्नाे फेसबुक पेजमा लेख्नुभएको छ: “अहिले विश्वभरि फैलिएको COVID-19 (Corona Virus) को महामारीले झण्डै एक लाखको हाराहारिमा मानिसहरुको अकाल मृत्यु भइ सकेको छ भने लाखौंलाख मानिस संक्रमित भएको अबस्था छ। यो प्रकोपका कारण समस्त मानब जगत मृत्यु को भयले त्राहिमाम छ। यस रोगको उपचारका लागि हाल सम्म कुनै कारगर अौषधि तथा खोप पत्ता लाग्न पनि सकेको छैन। यस अदृश्य शत्रुबाट विश्वका सर्बशक्ति सम्पन्न राष्ट्रहरुले समेत हार खाएको स्थिति छ। तथापि यस रोगको संक्रमण बाट सुरछ्यित रहन आत्मअनुशासनको पालना सहितका केहि नियन्त्रणात्मक उपायहरु रहेको कुरा गंभीर छ्यति व्यहोरेर अनुभव हासिल गरेका देशका बिग्यँहरुले सुझाउने गरेका छन। त्यस्ता उपायहरु मध्ये सुरछ्यित प्रकारको Surgical Mask को प्रयोग एउटा प्रबल माध्यम पनि हो भन्ने उहाँ हरुको राय रहेको छ। यति खेर हाम्रो देशमा गत दुइ हप्ता अघि देखि सरकार ले कडारुपले Lock Down लागु गरेको छ। यस अबस्थामा सुरछ्या निकाय र अत्याबश्यक सेवाका कर्मचारि बाहेक अन्य सबै राष्ट्र सेबक एवं आम जनसमुदाय घरमै परिवार संग बसेको देखिन्छ। तर सुरछ्या कर्मि र चिकितसकहरु चाँहि आफ्नो ज्यान जोखिममा राखेर कोरोना संक्रमित र समग्र राष्ट्र को सेवामा चौविसै घण्टा खटिरहन बिवस हुनु परेको छ। यसै क्रममा राष्ट्रिय सुरछ्याको मेरुदण्डको रुपमा रहेको राष्ट्रीय अनुसन्धान विभागको समग्र जनशक्ति पनि विभिन्न दायित्वहरुको अतिरिक्त मुख्य तवरले यस कोरोना महामारी को नियन्त्रण तथा रोकथामको काममा अहोरात्र फिल्डमा खटिरहेको स्थिति विद्यमान छ। तसर्थ देश र जनताको रक्षाका निम्ति रातदिन यसरि खटिरहनु भएका राअविका कर्मचारि मित्रहरुलाइ मानव मात्रको शत्रुका रुपमा देखा परेको कोरोनाको संक्रमणबाट बँचेर कर्तव्य पालनामा खटिरहन थोरै मात्र भए पनि सघाउ पुगोस भनी “राष्ट्रीय अनुसन्धान विभाग पूर्व कर्मचारि संघ नेपाल” ले केहि सहृदयी मित्र र दाताहरुलाइ आग्रह गरी संकलन गरेको करिब “पाँच हजार गोटा सर्जिकल मास्क” आज मिति 2076 साल चैत्र 27 गते राष्ट्रीय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक श्री गणेश प्रसाद अधिकारिज्यू लाइ संघको तर्फबाट हस्तान्तरण गर्ने कार्य भयो। हस्तानतरण का क्रममा मुअनि श्री अधिकारीज्यू बाट संघका अध्यछ्य ज्यू लगायत केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य हरु र राअवि पूर्व कर्मचारि संघ परिवारलाइ हार्दिक आभार सहित धन्यवाद ग्यापन गर्नु भएको कुरा सम्बद्ध सबै महानुभावहरुमा सहर्ष जानकारि गराउन चाहन्छु।”