Loading... आजः शनिबार , श्रावण १२, २०८१

राहत सामाग्री वितरणमा भेदभाउ नहोस, लकडाउन अझै बडाउनुपर्छ- भरत बस्नेत


गान्तोक, 10 अप्रेल। लकडाउनको समय आम जनतालाई प्रदान गरिने राहत सामाग्रीमा पक्षपात भइरहेको सिक्किम प्रदेश कङ्ग्रेसका अध्यक्ष भरत बस्नेतले बताएका छन्। रानीपूल स्थित उनको निजी निवासमा उनले शुक्रबार पत्रकारहरूलाई सम्बोधन गर्दै भने ‘लकडाउनको समय जनतालाई प्रदान गरिएको राहत सामाग्रीको निम्ति लाभार्थीहरूको नाम जनप्रतिनिधी (पञ्चायत) र विभागीय अधिकारीहरूद्वारा चयन हुनुपर्ने थियो तर अहिले त्यस्तो भएको छैन। सत्तारूढ राजनीतिक दलको स्थानीय समितिहरूले चयन गर्दैछन् यो सरासर गलत काम हो। सही लाभार्थीहरूले सहुलियत प्राप्त गरेका छैनन्। गरीब दुःखी जनता पार्टीको नाममा छुट्याउने काम हुँदैछ।’ उनले अझ भने, सरकारको नियम अनुसार लाभार्थीहरूले जति सहुलियत प्राप्त गर्नुपर्ने हो त्यति सहुलियत पनि वितरण भएको छैन। यस सम्बन्धमा सामाजिक सञ्जालमा व्यापकरूपमा फोटो तथा भीडीयोहरू देखिएको छ।
राज्यमा अहिलेसम्म कोविड-19को एउटै पनि मामिला नआउनुमा खुशीव्यक्त गर्दै सरकारले लिएको पहल तथा सिक्किमे जनताको साथको उनले सराहना गरे तर सिक्किममा अहिलेसम्म कोविड-19 को निम्ति एउटा पनि टेस्टिङ सेण्टर नहुनुमा गुनासो व्यक्त गर्दै टेस्टिङ सेण्टर चाँडो भन्दा चाँडो बनाइनुपर्ने माग राखे। यदी कुनैपनि मामिला पोजिटिभ आएको खण्डमा चिकित्सकीय तयारी नभएको अनि सरकारले अहिलेसम्म डाक्टरहरूको टास्क फोर्स गठन नगरेको हुनाले समस्या हुनसक्ने बताए। यसकारण उनले राज्यको सबै नाकाहरूमा लकडाउन यथावत राख्नुपर्ने अनि बङ्गाल सरकारले पनि सिक्किमको नाकाहरू खुकुलो गर्न दबाउ दिनुनहुने बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!