Loading... आजः शनिबार , श्रावण १२, २०८१

रिन्छेनपोङमा प्रदेश भाजपाको जनसम्पर्क अभियान


जनताका समस्याहरूबारे सोरेङ महकुमा अधिकारीलाई अवगत गराइयो

गान्तोक, 27 फरवरी । भारतीय जनता पार्टी, सिक्किम प्रदेश अध्यक्ष डीबी चौहानको नेतृत्वमा पार्टीको एउटा टोलीले आज पश्चिम सिक्किमको रिञ्छेन्पोङ निर्वाचन क्षेत्रको भ्रमण गरेर स्थानीय जनताका समस्याहरू बुझ्नका साथै जनसम्पर्क अभियान सम्पन्न भयो। यस अवसरमा पार्टी पश्चिम जिल्ला अध्यक्ष दिगम लिम्बू, वरिष्ठ नेता एसबी कार्की, पश्चिम जिल्ला कार्यकारिणी सदस्यगण, मण्डल अध्यक्षलगायत युवा तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

जनसम्पर्क अभियानको पहिलो चरणमा पार्टी अध्यक्षले समष्टिको परेङ गाउँ, झुसिङथाङमा एउटा सभामा सहभागिता जनाए जहाँ रिञ्चेनपोङ निर्वाचन क्षेत्रका विभिन्न स्थानबाट आएका जनता-जनार्दन तथा पार्टी कार्यकर्ताहरूले आफूहरूले भोग्नु परिरहेका कतिपय समस्याहरू अध्यक्षसमक्ष राखे। यस क्रममा रिञ्चेनपोङ समष्टिमा सड़कको दुरावस्था, विगत सरकारमा सहुलियत वितरणको क्रममा ठगिएका लाभार्थीहरूको गुनासो, नोकरीमा स्थानान्तरण भएर परिवारमा आइपरेको पीर-मर्का आदिबारे पार्टी अध्यक्षसमक्ष जनताले गुनासो पोखे।

सबैको कुरा सुनिसकेपछि अध्यक्ष चौहानले आफ्नो सम्बोधनमा जनताका समस्याहरू सम्बन्धित निकायसम्म पुऱ्याएर समाधानको बाटो खोज्नु नै भाजपाको प्रमुख उद्देश्य रहेको अवगत गराउँदै सबैलाई न्याय दिलाउने भरोसा दिलाए। यस क्रममा उनले कार्यकर्ताहरूलाई पनि विशेष निर्देश दिँदै जनताको समस्याहरू समाधान गर्ने दिशामा कार्य गर्न आह्वान गरे। भाजपा सदैव जनताको पक्षमा राजनीति गर्ने राष्ट्रवादी पार्टी रहेको अवगत गराउँदै उनले प्रधानमन्त्री मोदीको नेतृत्वमा केन्द्र सरकारले अन्त्योदयको नीतिलाई आत्मसात गरेर काम गरिरहेको बताए। सभाको समापनपछि अध्यक्ष चौहानको नेतृत्वमा पार्टीको प्रतिनिधि टोलीले सोरेङ महकुमा कार्यालयको भ्रमण गरेर महकुमा अधिकारी हेमन्त राईसित भेट गर्दै जनताले भोग्नुपरिरहेका समस्याहरूबारे गराए। महकुमा अधिकारीले पार्टी प्रतिनिधि टोलीको सुझाउहरूलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा समाधान गर्ने आश्वासन दिए।

अन्तमा, पार्टीको सोरेङस्थित कार्यालयमा पश्चिम जिल्लाका विभिन्न स्थानबाट आएका कार्यकर्ताहरूसित अन्तर्क्रिया कार्यक्रम राखिएको थियो। यस अवसरमा प्रदेश अध्यक्ष, पश्चिम जिल्ला अध्यक्षलगायत वरिष्ठ नेताहरूको उपस्थितिमा दरामदिन निर्वाचन क्षेत्रको निम्ति रूबेन राईलाई मण्डल अध्यक्षको पदमा चयनित गरियो। यस क्रममा पार्टी नेता अनि कार्यकर्ताहरूबीच पश्चिम जिल्लामा विभिन्न सांगठनिक रणनीतिहरूबारे चर्चा-परिचर्चा पनि गरिएको थियो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!