Loading... आजः शनिबार , श्रावण १२, २०८१

रुपन्देहीका विभिन्न स्थान  लगायत देश–व्यापी रुपमा श्रद्धाञ्जली एवं प्रार्थना सभा सम्पन्न


गत ३ गते गोली हानी हत्या गरिएका रौतहट खेसरहिया बजार स्थिति हनुमान मन्दिरका महन्थ श्रीराम साहको स्मृतिमा  विश्व हिन्दू परिषद नेपालद्वारा घटना भएको रौतहट जिल्ला स्थित हनुमान मन्दिर एवं  सप्तरी, धनुषा, रुपन्देहीका विभिन्न स्थान  लगायत देश–व्यापी रुपमा श्रद्धाञ्जली एवं प्रार्थना सभा सम्पन्न गरिएको छ।

विश्व हिन्दू परिषद् नेपालको भाद्र १३ गते बसेको आकस्मि बैठकले स्थानीय कार्यकर्ताहरुलाई श्रद्धाञ्जलि सभा आयोजना गर्न एवं सर्व-साधारणलाई आ–आफ्नो घर मै  पूज्यसन्त प्रति श्रद्धाञ्जली अर्पण गर्दै बेलुका  दीप– बाल्न आवाहन गरेको थियो। 

Insert your Ads code here

सभामा पुज्य संतहरुको विशेष सानिध्यमा स्थानीय सामाजिक धार्मिक व्यक्तित्वहरु सहभागिता रहेको थियो। विश्व हिन्दू परिषद नेपालका कार्यकर्ताहरूले स्व.सन्त श्रीराम साहको आत्म–शान्तिको कामना गर्दै हिन्दू धर्म–संस्कृति एवं साधु–सन्तहरुको रक्षाका लागि आफुहरु सदैव तन मन धनले सक्रिय रही रहने सामूहिक संकल्प लिएका थिए।

नेपालमा हिन्दू धर्ममाथि शृंखलाबद्ध रुपमा आक्रमण गरिदै आउनु नेपाल सरकारले हिन्दूहरुमाथि देखाएको गैर–जिम्मेवारीपनालाई स्पष्ट गरेको छ। हिन्दू धर्म–संस्कृतिको रक्षाको लागि हिन्दू समाज स्वयं संगठित हुनुको विकल्प नरहेकोले सबैलाई संगठित हुन सभामा सहभागी वक्ताहरुले आवाहन गरेकाेे प्राप्त समाचारमा लेखिएको छ। 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!