Loading... आजः बुधबार , मंसिर १९, २०८१

रुम्तेक र नथुला पछि पर्यटकहरूले लाचेन लाचुङ पनि घुम्न नपाउने


गान्तोक, 12 मार्च। विश्व महामारीको रूप धारण गरिसकेको कोभोड19 (कोरोना)-को प्रकोपबाट सिक्किमलाई सुरक्षित राख्ने दिशामा सबै स्तरबाट आ-आफ्नो पहल शुरु भैसकेको छ। राज्य सरकारले विदेशी पर्यटकहरूलाई सिक्किम आउँदा दिने इनर लाइन पर्मिट स्थगित गरर पहल शुरु गरेपछि अन्य विभिन्न चर्चित पर्यटकीय गन्तव्यहरूमा पनि पर्यटकहरूको आगमनमा प्रतिबन्ध लगाइएको छ। यसैक्रममा उत्तर सिक्किमको युमथाङ, गुरुदोङमार जस्तो चर्चित पर्यटक गन्तव्यमा पुग्ने दुईवटा हिमाली आधार गाउँ लाचुङ र लाचेनको स्थानीय जुम्साले पर्यटकहरूको भ्रमण रोक्ने निर्णय गरेको छ। जुम्सा जो परम्परागत स्थानीय स्वतन्त्र पञ्चायतको रूपमा रहेको प्रजातान्त्रिक व्यवस्था हो। जसमा लाचुङ जुम्साले अप्रेल 15-सम्म कुनै पनि पर्यटकलाई प्रवेश निषेद गरेको छ। 12 मार्चको दिन पिपन याकु टाँशी लाचुङ्पाले एउटा सूचना जारी गर्दै पर्यटक र मजदूरहरू अन्य राज्य र देशबाट लाचुङ आउन नपाउने जुम्साले निर्णय गरेको बताएको छ। अर्कोतिर लाचेन जुम्साका पिपन कुन्तुप डी. लाचेन्पाले पनि 12 मार्चकै दिन स्थानीय होटल सङ्गठन, लाचेन पर्यटन विकास समिति र आम जनता सित कुरा गरेरतुरन्तै अन्य राज्य र देशका पर्यटक र मजदूरहरूलाई लाचेन प्रवेश गर्न नदिने र यसको निम्ति जारी हुने पर्मिट नदिन जिल्लापाल, पुलिस अधिक्षक, महकुमा अधिकारी र चेक पोष्ट पर्मिट शेललाई अनुरोध गरेको छ। यसरीनै क्षेत्र विधायकले पनि यही प्रकारको आदेश जारी गरिदिनुपर्ने अनुरोध गरेको छ भने स्वास्थ्य विभागले आवश्यक चिकित्सीय सुविधाहरू उपलब्ध गराउनुपर्ने बताएको छ। उल्लेखनीय छ, अघिबाटै भारत चीन सीमाको चर्चित पर्यटकस्थल नथुला भ्रमणको निम्ति पर्यटकहरूलाई प्रतिबन्धित गरिएको छ भने भारत चीन सीमा व्यापार पनि यो वर्ष नखोलिने बताइएको छ। यसरी नै पूर्व सिक्किमको रुम्तेक र लिङ्दोम गुम्पाले पनि अप्रेल महिनासम्म पर्यटकहरूको निम्ति प्रवेश निषेध गरेको छ। पश्चिम सिक्किमको चेरेञ्जी प्रतिमास्थलमा पनि पर्यटकहरूलाई आउजाउमा प्रतिबन्ध लगाइएको छ।

Insert your Ads code here

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!