Loading... आजः शनिबार , श्रावण १२, २०८१

रुसी राष्ट्रपति ल्यान्डलाइनमै सहज महशुस किन गर्छन्?


विश्वकै शक्तिशाली मध्यका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कतिपय प्रविधिको प्रयोग गर्दैनन् जबकि उनको देश प्रविधिको विकासमा अब्बल छ। पुटिनले अहिलेसम्म मोबाइल फोन प्रयोग गरेका छैनन्।

उनले आखिर किन स्मार्ट फोन प्रयोग गरेनन्? हालै रुसी समाचार संस्था ताससँगको लामो अन्तवार्ता शृंखलामा उनले यसको खुलासा गरेका छन्। पुटिनले आफू हटलाइन ल्यान्डलाइनमै सहज महशुश गर्ने उत्तर थिए। प्रविधिको विकास रोक्न नसकिने भएपनि आफूले हटलाइन फोनमै सहज महशुश गर्ने दोहोर्याए। आफूसँग अन्य अवसर रहेको बताए।

कहिलेकाहीं फोन गर्न स्मार्ट फोन चाहिए आफ्ना सहयोगीमार्फत् गर्ने बताए। तर, उनीसँग व्यक्तिगत स्मार्ट फोन कहिले भएन। यसअघि सन् २०१८ मा क्रेमलिनका एकजना अधिकारीले पुटिनले कहिलेपनि स्मार्टफोन प्रयोग नगरेको खुलासा गरेका थिए।

Insert your Ads code here

पुटिन कुनैबेला रुसी खुफिया एजेन्सी केजीबीका उच्च अधिकारी थिए। उनी राजनीतिमा आउनु अप्रत्याशित घटना थियो। पुटिन त्यसैले पनि गोपनीयतामा बढी ध्यान दिन्छन्।- एजेन्सी

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!