Loading... आजः शनिबार , श्रावण १२, २०८१

रोङली काण्डमा सरकारले गल्ती स्वीकार गर्नुपर्छ, जिल्लापाल, चेकपोस्ट र ग्रेफ विरुद्ध कारवाही होस-केबी राई


गान्तोक, 15 जुलाई। पूर्व सिक्किमको रोङली महकुमामा तैनात रहेका ग्रेफका कर्मचारीहरूमार्फत कोरोना संक्रमण सामुदायिक संक्रमणको रूप लिनथालेपछिमात्र प्रशासनले तत्परता देखाएको तर विभिन्न समयमा कुनै जाँच स्क्रिनिङ बिनै 43 जना ग्रेफ कर्मचारी सिक्किम छिरेर सिक्किमेको ज्यान खतरामा पार्दा समेत सरकार, जिल्ला प्रशासक र रम्फू चेकपोस्टले काम गर्न नसकेको स्पष्ट भएको कारण कार्वाही हुनुपर्ने सिक्किम रिपब्लिकन पार्टीले माग राखेको छ।
पार्टीका अध्यक्ष केबी राईले यस विषयमा सरकारले पटक-पटक गर्दै आएको गल्ती सरह चुक गर्दै आएको र अब सरकारले अपराध ढाकछोप गर्न होइन तर स्पष्टरूपमा आफ्नो गल्ती स्वीकार्दै माफी माग्नु पर्छ। यसरी नै रोङली काण्डमा अर्को प्रमुख दोषी पूर्व जिल्लाको निम्ति आपदा प्रबन्धन प्राधिकरणका अध्यक्ष समेत रहेका जिल्लापाल राज यादव रहेको दावी गर्दै सरकारले उनको लापरवाही र गैर जिम्मेवारी कार्यको निम्ति कार्वाही गर्नुपर्ने माग गरे। उनले भने, जिल्लापाल यादवले रङ्लीको ग्रेफ क्याम्पमा कोरेण्टिन गरिने सुविधा असुविधा र स्थितिबारे जानकारी र निरिक्षण किन गरेनन्। उनले यस्तो सम्वेदनशील विषयलाई किन लापरवाही सित लिएर अहिले आफ्नो गैर जिम्मेवारी कार्यको निम्ति ढाकछोप गर्ने प्रयास गरिरहेका छन्। उनले व्यक्तिगत कुराहरूमा ध्यान नदिएर यस्तो संवेदनशील विषयमा रम्फू चेकपोस्टमा पूर्ण जाँच र प्रमाणित भएको पुष्टिपछि मात्र किन ग्रेफका कर्मचारीहरूलाई छिर्ने आदेश दिएनन्। यसमा उनले आफ्नो जिम्मेवारी वहन गर्न नसकेको स्पष्ट छ।
यसैगरी मल्ली चेकपोस्टमा अगावै पुलिस विभागका प्रमुख डीजीपीले गरेको प्रोटोकलको उल्लङ्घनलाई मुख्यमन्त्रीले कार्वाही गर्नको साटो ढाकछोप गरिराखेको छ। यस्तो अवस्थामा रम्फू चेकपोस्टबाट कसरी ग्रेफको कर्मचारीहरूलाई छिर्न दिइयो अनि हामीलाई प्राप्त जानकारी अनुसार केही दिन भित्रमा 43 जना ग्रेफ कर्मचारी सिक्किम भित्रिएका छन्, जबकी रङ्लीमा क्याम्पमा 20 जनाको निम्ति मात्र बस्ने व्यवस्था भएको थाहा लागेको छ। सेना होइन ग्रेफ सेनाले जुन प्रकारले स्वतन्त्रता अवलम्बन गरेको छ त्यही प्रकारले ग्रेफलाई पनि किन सतर्कता अपनाउने निर्देश दिइएन। उनले अझ भऩे ग्रेफका कर्मचारीहरू आम मानिसहरूसित मिलेर काम गर्नुपर्ने हुन्छ जसले गर्दा अहिले समुदायमा उक्त संक्रमण पुग्ने स्थिति आएको छ। जसको जिम्मेवार सरकार, जिल्ला प्रशासक रम्फू चेकपोस्ट र ग्रेफ रहेको बताए।
अर्कोतिर उनले रोङलीमा पूर्ण लकडाउनको स्थिति आइसकेपछि पनि स्वास्थ्य जाँचको कुनै व्यवस्था गरिएको छैन। अहिलेसम्म चिकित्सकहरूको विशेष टोली गएर शिविर लगाएर प्रारम्भिक सम्पर्कमा रहेका सबैको स्वास्थ्य जाँच र टेस्ट गरिसकेको हुनुपर्ने थियो। तर अहिलेसम्म केही सुरसार छैन यो भन्दा ठूलो सरकारको कम्जोरी केही हुनेछैन। उनले तुरन्तै स्वास्थ्य शिविर लगाएर सबैको जाँच शुरु गर्नुपर्ने बताए। अर्कोतिर रोङ्ली क्षेत्रकै एसकएमका सक्रीय कार्यकर्ता तथा प्रभारीलाई पनि कोरोना सकारात्मक भएको मुख्यमन्त्री स्वयंले बताएको हुनाले उनले मन्त्री सोनाम लिमासित भेटेको सत्तारूढ दलको पार्टी कार्यालयमा आएर बसेको बताइसकेर पनि ती सम्पर्कमा आएका व्यक्तिहरूलाई तुरन्तै जाँच गरेर उनीहरूलाई कोरेण्टिनमा पठाइनुपर्ने माग पनि राखे। सरकारको अन्तरराज्य र अन्तर जिल्ला वाहन चलाचल बारे रोक सही भएपनि आपतकालको निम्ति टेक्सी सरह नै निजी वाहनलाई पनि पहिले झैं चल्न दिनुपर्ने जनताको हितमा माग पनि राखे।
यसरी नै राज्यका विपक्षी दलहरूमा प्रमुख एसडीएफसित सत्तारूढ दलमा भन्दा धेरै जनमत भएको तर अहिलेको अवस्थामा जनताको पक्षमा कुनै कुरा नबोलिदिनुले एसकेएम र एसडीएफका नेताबीच मिलिभगत रहेको आरोप लगाए। एसडीएफका नेताले 24को चुनाउ हेरेर फेरि मुख्यमन्त्री बन्ने दाउमात्र हेरिरहेको अनि घरमा गरीब दुखी भेटेर फेरि मुख्यमन्त्री हुने सपनामात्र बोकिरहेको तर जनताको पक्षमा भने नबोल्नुले जनता मार्कामा परेको बताए।
उनले सिक्किम कोरोना भाइरसको कारण सरकारले गर्नुपर्ने केन्द्र सरकारले जारी गरेको प्रोटोकल पालनसमेत नगरिँदा सिक्किमको स्थिति खतरनाक बन्दै गइरहेको बताए। मल्ली काण्डबारे मुख्यमन्त्री, राज्यपाल, प्रधानमन्त्री, गृहमन्त्री र आपदा प्रबन्धन मन्त्रीलाई सम्पूर्ण स्थितिबारे जानकारी गराउँदै पत्रचार गरेको पनि अवगत गराए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!