Loading... आजः शनिबार , श्रावण १२, २०८१

लकडाउनका कारण रोकिएका यात्रु फर्काउन जापानका लागि उडान गरिने


जापानको भिसा भएका तर लकडाउन कारण फर्किन नपाएका नेपाली र केही जापानी नागरिकका लागि काठमाडौंमा रहेको एक ट्राभल एजेन्सीले तीनवटा चार्टर उडानको अनुमति लिएको छ। न्यूरोडमा रहेको सुमेघ टूर एण्ड ट्राभल्स प्रालिले नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट काठमाडौं–नारिता (जापान) चार्टर उडानको अनुमति लिएको कान्तिपुर अनलाइनले जनाएको छ।

सुमेघका प्रबन्ध निर्देशक मेघ केसीका अनुसार, पहिलो उडान जेठ २ गते (शुक्रबार), दोस्रो ४ गते (आइतबार) र तेस्रो ९ गते (शुक्रबार) काठमाडौंबाट हुनेछन् । यी सबै उडान बेलुकी ९ बजे काठमाडौंबाट हुनेछन् । काठमाडौं नारिता एकतर्फी उडान समय साढे ७ घन्टा हाराहारी हो । नारिताबाट ८ घन्टामा मात्रै निगमका जहाज अर्को दिन दिउँसो आइपुग्ने छन्।

काठमाडौंबाट एउटा उडानमा २ सय ५० यात्रु हुनेछन्। फर्किंदा निगमका तीनवटै चार्टर उडान रित्तै फर्किने छन्। यो चार्टर उडान भएकाले निगमले यस्मा टिकट बिक्रीको जिम्मा सुमेघलाई नै दिएको छ। प्रबन्ध निर्देशक केसीले निगमलाई प्रति घन्टाको १७ हजार २ सय ८० डलरका दरले चार्टर भाडा दिने सम्झौता भएको बताउनुभयो। जापान आउजाउ गर्दा वाइडबडीले करिब १७ घन्टा लगाउने छ। यो दरअनुसार, सुमेघले निगमलाई कम्तीमा ३ करोड रुपैयाँ बुझाउनुपर्छ। यो रकममा निगमले उसलाई कुल कारोबारबाट ५ प्रतिशत कमिशन अतिरिक्त दिनुपर्ने छ।

Insert your Ads code here

निगमको वाणिज्य विभागका एक अधिकृतका अनुसार, लकडाउन अघि निगमले गर्ने कमर्सियल उडानमा दुईतर्फी भाडा न्यूनतम ७५ हजारदेखि बढीमा ९० हजारसम्ममा बिक्री गरेको थियो भने बिजनेश श्रेणीको टिकट १ लाख १० हजारसम्ममा बिक्री गरेको थियो। सुमेघले यो चार्टर उडान भएकाले एकतर्फी इकोनमी श्रेणीको १२ सय डलर टिकट दर तोकेको छ। काठमाडौं र जापानमा रहेका केही ट्राभल एजेन्सीले विपतका बेला सुमेघले मनपरी भाडा असुलेको गुनासो सामाजिक सञ्जाल लगायतमा गरेका छन्। प्रबन्ध निर्देशक केसीले यी चार्टर उडानबाट आर्जन हुने रकममा खर्च कटाएर बाँकी हुने रकम नेपाल सरकारले कोभिड–१९ का लागि संचालन गरेको खातामा जम्मा गर्ने बताउनुभयो।

प्राय: जापानको कारोबार बढी गर्ने सुमेघले यसअघि दशै र तिहारताका पनि निगमको वाइडबडी विमानबाट ३ वटा चार्टर उडान नारितासम्म गरेको थियो। निगमको नारिता र नेपालमा ठूलै संरचना हुँदाहुँदै पनि एजेन्ट नियुक्त गर्दै चार्टर उडान गर्दै आइरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!