Loading... आजः शनिबार , श्रावण १२, २०८१

लकडाउनका पाँच महिनामा देशभरका चार लाख घरेलु तथा लघु उद्यम विस्थापनको संघारमा


कोभिड–१९ नियन्त्रणका लागि सुरु भएको लकडाउन पछिका पाँच महिनामा देशभरका चार लाख घरेलु तथा लघु उद्यम विस्थापनको संघारमा पुगेका छन्।
थोरै सञ्चालन पुँजी, मानवीय श्रममा निर्भर उत्पादन र साँघुरिएको बजारका कारण यी उद्योग धरासायी बनेका छन् । उद्योग वाणिज्य महासंघ अन्तर्गतको उद्योग तथा व्यवसाय काउन्सिलका अनुसार, यी उद्यम चल्नै नसक्ने भएपछि ९० प्रतिशत सञ्चालक पलायनको अवस्थामा पुगेका छन्।

काउन्सिलका अध्यक्ष किशोर कुमार प्रधानका अनुसार, गएको पाँच महिनामा साना, घरेलु, लघुसहित सेवा, खाद्यान्न उत्पादन र नवप्रवर्तनका उद्योग–व्यवसाय महासंकटमा फसेका छन्। महासंघको अध्ययनमा अधिकांश साना तथा घरेलु उद्योग बन्द भएको, मझौला उद्योगको क्षमता ३० प्रतिशतमा झरेको र ठूला उद्योगहरु संकट निकटमा पुगेको अनलाइनखबरले लेखेको छ।

कोभिड-१९ बाट परेको असरको यकिन विवरण आइनसके पनि लघु, घरेलु र साना उद्योगको अवस्था नाजुक भएको उद्योग विभागले जनाएको छ। साउन मसान्तसम्म उद्योग विभागमा एक हजार एक सय ७७ ठूला, एक हजार ८६१ मझौला र पाँच हजार दुई सय ३५ वटा साना उद्योग दर्ता भएका थिए । यी उद्योगहरुमा रु.१० करोडभन्दा बढी सञ्चालन पुँजी रहेको विभागले जनाएको छ। आर्थिक गणना २०७५ अनुसार देशभर हाल ९ लाख २३ हजार ३५६ वटा उद्योग तथा व्यवसायजन्य प्रतिष्ठान सञ्चालनमा छन्।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!