Loading... आजः शनिबार , श्रावण १२, २०८१

लकडाउनकै समयमा ४० सेनिटाइजर उद्योग खुले


कोरोना संकटले मुलुकको आर्थिक अवस्था शिथिल भइरहेको बेला स्वास्थ्य सामग्री उत्पादन गर्ने उद्योगहरु भने फस्टाउँदै गएका छन्। यसअघि मुलुकमा उत्पादन नहुने सेनिटाइजर लकडाउनकै अवधिमा सुरु भएका छन्। त्यस्तै, सर्जिकल मास्क उत्पादन पनि स्वदेशमै हुनथालेका नेपाल खबर अनलाइनले लेखेको छ।

औषधि व्यवस्था विभागका अनुसार लकडाउनको अवधिमा ४० वटा उद्योग दर्ता भएका छन्। कोभिड–१९ को संक्रमण बढ्दै गएपछि विश्वमै सेनिटाइजरको प्रयोग बढ्नथालेको थियो। नेपालमा लकडाउन सुरु नहुँदै सेनिटाइजर र मास्कको माग ह्वात्तै बढेको थियो। माग बढेपछि स्वदेशी उत्पादन सुरु भए भने आयातमा पनि वृद्धि भयो। सेनिटाइजर प्रयोगले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न सकिने भएपछि स्वदेशी उत्पादन बढ्नथालेका हुन्।

‘लकडाउनको अवधिमा ४० वटा नयाँ सेनिटाइजर उद्योग दर्ता भएका छन्’, विभागका सूचना अधिकृत सन्तोष केसीले भन्नुभयो, ‘यसअघि सेनिटाइजर उद्योगको दर्ता भएका थिएनन्।’यी उद्योगले १ सय २० ब्रान्डका सेनिटाइजर उत्पादन गरिरहेका छन्। विभागमा दर्ता भएका उद्योगमा स्वदेशी र आयात हुने सेनिटाइजर दुवै पर्छ। दर्ता भएका सेनिटाइजरमध्ये ९५ प्रतिशतभन्दा धेरै स्वदेशी उद्योग रहेका छन्।

Insert your Ads code here

कोभिड–१९ संक्रमणबाट बच्न सेनिटाइजरको प्रयोग गर्नुपर्ने भएपछि उद्योग व्यवसायीहरुले सेनिटाइजर उत्पादन सुरु गरेका थिए। काठमाडौं उत्पत्यकासहित बाहिरका विभिन्न सहरमा सेनिटाइजर र मास्क उत्पादन सुरु भएका थिए। बजारमा अत्यधिक मागलाई पूर्ति गर्न सेनिटाइजर उत्पादन सुरु भए पनि गुणस्तर र दर्ता प्रक्रियामा जानसकेका थिएनन्।

यही अलमलबीच सरकारले लकडाउनको अवधिमा उत्पादन सुरु भइसकेका र नयाँ उद्योग विभागमा दर्ता गर्न भन्दै ३ महिनाको समयावधि दिएर सूचना जारी गरेको थियो। दर्ताको लागि पहिलोपटक दिएको समयावधि असार ९ गते सकिसकेको छ। तर सरकारले पुनः असार २२ गते तीन महिनाको लागि समयावधि थप गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!