Loading... आजः शनिबार , श्रावण १२, २०८१

लकडाउनको अवधि थप १० दिन लम्ब्याइयो


लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याइएको छ। मन्त्रिपरिषदको बैठकले २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन बाँकी रहँदा लकडाउनको अवधि १० दिन थपिएको छ।

यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्याइएको थियो।

वैशाख २ गते सरकारले १२ दिनका लागि लकडाउन थपेको सेतोपाटी अनलाइनमा खबर छ।

मन्त्रिपरिषद बैठकले अत्यावश्यक उद्योगहरु सञ्चालन गर्ने र विकास निर्माणका कामहरु गर्न सकिने निर्णय गरेको छ। यद्यपि यसको कार्यविधि नबनेको एक मन्त्रीले बताए।

Insert your Ads code here

‘उद्योगहरु खोल्न सक्ने भनिएको छ। तर यसको कार्यविधि बनाउन बाँकी छ’ ती मन्त्रीले भने, ‘संक्रमणको जोखिम नभएका ठाउँहरुमा आवश्यक सुरक्षा सतर्कताका साथ उद्योगहरु सञ्चालनको निर्णय गर्न सकिने भनिएको छ।’

नेपालगञ्जमा रहेका हुम्लाका मानिसहरुलाई हवाई साधनबाट लगिने निर्णय भएको अर्का एक मन्त्रीले बताए।

ती मन्त्रीका अनुसार उनीहरुलाई नेपालगञ्जमा कोरोना परीक्षण गर्ने र हुम्लामा १४ दिन क्वारेन्टाइनमा राख्ने समेत निर्णय भएको छ। हालसम्म नेपालमा ५२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने १६ जना डिस्चार्ज भएर घर फर्किएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!