Loading... आजः शनिबार , श्रावण १२, २०८१

लकडाउनको समयमा ४४ सय नेपालीसहित ११ हजार बाहिरिए


लकडाउनको तीन महिना अवधिमा हवाई मार्ग हँदै ७९ देशका १० हजार ९ सय २४ नागरिक बाहिरिएका छन्। यो अवधिमा ४ हजार ३ सय ९० नेपाली पनि बाहिरिएका छन्। नेपालीसहित झन्डै ११ हजार बाहिरिएको अध्यागमन विभागको तथ्यांक रहेको कारोबार अनलाइनले लेखेको छ।

सरकारले चैत ११ गतदेखि लकडाउन गरेको हो। त्यसयता उद्दारका लागि मात्र उडान भएका छन्। जसअनुसार जेठ ३२ गतेसम्म ९ सय ५४ नेपालीसहित ९ सय ६८ विदेशी नागरिक नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ। यसरी बाहिरिने नेपालीमा भने जापान तथा कोरियामा काम गर्ने श्रमिक तथा बिदा सकेर युरोप, अमेरिका तथा अस्ट्रेलिया फिर्ता भएका नागरिक भएको विभागले जनाएको छ। नेपाल भित्रीनेमा भने रोजगार गुमाएर नेपाल फिर्ता भएका नेपाली नागरिक र कुटनीतिक नियोगका कर्मचारी भएको विभागको भनाइ छ।

लकडाउन सुरु भएपछि अलपत्र परेका नागरिकको नेपालमा रहेका दूतावासले सरकारसँग सहजीकरण गदै चैत १४ देखि चार्टर उडान मार्फत उद्दार सुरु गरेको थियो। विभागले जारी गरेको चैत ११ देखि जेठ ३२ गतेसम्मको तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा बढी ९०४ अमेरिकी, जर्मन ७०१, फ्रान्सेली ५७७, अस्ट्रेलियाली ५१९ जना बाहिरिएका छन्। नेपाल भित्रिनेमा भने संयुक्त राष्ट्रसंघका कर्मचारी ९ जनासहित जापानी २, बंगलादेशी २, बेलायती १ र नेपाली ९५४ गरी कुल ९ सय ६८ नेपाल प्रवेश गरेको उल्लेख छ।

Insert your Ads code here

बिहीबार राष्ट्रियसभामा विनियोजित शीर्षक माथिको छलफलको क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी उठेका प्रश्नहरूको जवाफ दिँदै सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लकडाउनमा १०८ उडान भएको जानकारी दिनुभयो। उहाँका अनुसार लकडाउने अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट (मंगलवारसम्म) सम्म १ सय ८ वटा अन्तर्राष्ट्रिय उडानहरू भएका छन्। त्यसमा यात्रु उडान ६६ वटा भएका छन्। कार्गो उडान ४२ वटा भएका छन्। यात्रु उडानबाट ११ हजार ८ सय ५६ जना यात्रु आवतजावत गरेका छन्। यसमा करिब ६४९ जना (मंगलबारसम्म) यात्रु विदेशवाट नेपाल आएका छन्। ती अधिकांश नेपालीहरू नै हुन्। ११ हजार २ सय ७ विदेशी नागरिकहरू र विदेश जानुपर्ने नेपाली नागरिकहरू यहाँबाट उडान गरेको उल्लेख छ। विदेशी २५ वटा वायुसेवाले ५४ वटा उडान गरेका छन्। नेपालका ४ वटा वायुसेवाहरूले बाँकी उडान गरेको उहाँले जानकारी दिनु भएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!