Loading... आजः शनिबार , श्रावण १२, २०८१

लकडाउनको स्थितिलाई ध्यानमा राखेर सिक्किम सरकारले गऱ्यो तीन महिना पुग्ने खाद्य भण्डारण


गान्तोक, 17 अप्रेल। कोरोना विरूद्ध घोषित लकडाउन अझै लम्बिएको खण्डमा पनि सिक्किमको जनतालाई आउँदो तीन महिनासम्म पुग्ने खाद्य सामाग्रीको व्यवस्था गरिएको सिक्किम सरकारको खाद्य सुरक्षा तथा उपभोक्ता मामिला विभागका अतिरिक्त नियन्त्रक सीके शर्माले जानकारी गराएका छन्। उनले मुख्यमन्त्री राहत योजना अन्तर्गत अहिलेसम्म एक लाख छह सय 40 परिवारलाई राहत सामाग्री वितरण गरिएको अनि दोस्रो चरणको पनि राहत सामाग्री पठाइसकेको र जम्मा एक लाख 27 हजार पाँच सय तीस जनालाई राहत प्रदान गर्ने लक्ष्य राखेको बताए। जसमा 19,13,210 किलोग्राम चामल, चार लाख 46 हजार 433 लिटर खाने तेल, चार लाख 46 हजार 433 किलोग्राम दाल र एक लाख 27 हजार 530 किलोग्राम आयोडाइस नुन वितरण गरिएको बताए। अहिलेसम्म सबै जिल्लामा सफलतापूर्वक राहत वितरण भइरहेको र कहीँकतै गुनासो आएको खण्डमा तुरन्तै समाधान गरिएको र विशेष गरेर सामान पुग्नमा ढिलो छिटो भएको मात्र तर कुनै अनियमितता नभएको बताए।

अर्कोतिर भारतीय खाद्य निगमका गुणस्तर जाँच प्रबन्धक मनास चक्रवर्तीले अगस्त महिनासम्मको निम्ति आठ हजार पाँच सय छबिस मेट्रिकटन भन्दा अधिक चामल अनि पाँच सय उन्तिस मेट्रिकटन गहूँ निगमको खाद्य भण्डारमा राखिएको बताए। उक्त खाद्यान्नले अगस्त महिनासम्म सिक्किमभरिको जनताको आवश्यकता पूरा गर्नसक्ने अनि त्यस आपूर्तीलाई निरन्तरता दिन दैनिकरूपमा तीनसय मेट्रिकटन खाद्यान्न भण्डारमा भित्रिरहेको पनि बताए। अहिले सिक्किममा दुई सय मेट्रिकटन दैनिकरूपमा खपत भइरहेको भएपनि एक सय मेट्रिकटन अधिक खाद्य आयत गरेर भण्डार गर्ने काम गरेको हुनाले बर्खा लागेपछि पनि हुने समस्याहरूलाई ध्यानमा राखेर यो निर्णय गरेको अनि कुनै असुविधा नहुने बताए। यसरी नै राज्यभरि खाद्य सामाग्री ढुवानी गर्ने ठेकादार पवन अग्रवालले अहिले सबै जिल्लाको निम्ति समयमा रासन पुऱ्याउने काम भइरहेको अनि अहिले कोविड-19को आपतकालको समयमा वितरण गर्ने राहत सामाग्री पनि सही समयमा वितरण गरिएको बताए। जसमा खाद्य निगम बाहेक राज्य सरकारको खाद्य सुरक्षाव तथा उपभोक्ता मामिला विभागको तत्पर्तामा मुख्यमन्त्री राहतको निम्ति वितरण गरिने दाल, खानेतेलको व्यवस्था पनि गरिएको अनि आउँदो तीन महिनासम्मको निम्ति सबै रासन पानीको व्यस्था रहेको अनि कुनै असुविधा नभएको बताए। लकडाउन शुरुभएको देखि अहिलेसम्म 402 ट्रक खाद्यान्न रम्फू एफसीआईमा आएको अनि मुख्यमन्त्री पीएस तामाङकै विशेष पहलमा लकडाउन भएपछि देखि नै आवश्यक खाद्य सामाग्री भण्डारन शुरु गरिएको अनि यो अहिलेसम्म खाद्यान्न भण्डारको सबैभन्दा अधिक भण्डारण गरिएको समय पनि हो भनि बताए। उनले एफसीआईले अहिलेको अवस्थामा असल कार्य गरिरहेको अनि सिक्किमलाई चाहिने खाद्य सामाग्री पर्याप्तरूपमा प्रदान गरिरहेको बताउँदै उत्तर र पूर्वको निम्ति रहेको एफसीआई गोदाममा अहिले नौ हजार मेट्रिकटन खाद्य भण्डारण गर्न सकिने र त्यमा अझै बडाएर एक हजार मेट्रिकटन गर्न सकिने भएकोले खाद्य सामाग्रीको कुनै अभाव नहुने बताए। खाद्य निगम र खाद्य विभागले आवश्यक रासन भण्डारन र वितरणमा सुव्यवस्थित कार्य गरिरहेको भएपनि खाद्यान्न ढुवानी गर्ने चालकहरू भने समस्यामा रहेको थाहा लागेको छ। विशेष गरेर राज्य बाहिर एनजेपी र सिलगडीमा खाद्यान्न ढुवानीको निम्ति जाने सिक्किमका ट्रक चालकहरूलाई गरिने व्यवहार एकदमै अमानवीय रहेको अनि राज्य सरकारबाट सम्बन्धित निकायलाई यस बारेमा ध्यान दिन आग्रह गरिदिने चालकहरूले माग गरेका छन्। खाद्य सामाग्री लिएर आजमात्रै माझिटार एफसीआई गोदाम आइपुगेका चालकहरूले प्रशासनले ट्रक चालकलाई खलासी राख्ने अनुमति नदिएकोले पनि धेरै समस्या र सुरक्षामा पनि खतरा देखा परेको हुनाले प्रत्येक ट्रकलाई चालक सित खलासी राख्न अनुमति दिनुपर्ने माग राखेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!